जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति र प्रधानमन्त्री ललितपुर जाने
काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने भएको छ । आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्रांगणमा राखिने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
त्यसक्रममा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरको प्रांगणमा उपस्थित हुने उनले बताए ।
जोशीप्रति श्रद्धाञ्जली अर्पणपछि उनको पार्थिव शरीर पुनः ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा लगिनेछ । १०३ वर्षीय संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा सोही अस्पतालमा निधन भएको थियो ।
जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार नजलाई अध्ययनका लागि सोही अस्पतालमा राखिने अस्पतालका निर्देशक प्रा। डा। सुरज बज्राचार्यले बताए ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
