जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति र प्रधानमन्त्री ललितपुर जाने
काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिने भएको छ । आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म जोशीको पार्थिव शरीर ललितपुर महानगरको प्रांगणमा राखिने ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
त्यसक्रममा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा ललितपुर महानगरको प्रांगणमा उपस्थित हुने उनले बताए ।
जोशीप्रति श्रद्धाञ्जली अर्पणपछि उनको पार्थिव शरीर पुनः ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा लगिनेछ । १०३ वर्षीय संस्कृतिविद् जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा सोही अस्पतालमा निधन भएको थियो ।
जोशीको शरीर यसअघिको उनकै इच्छाअनुसार नजलाई अध्ययनका लागि सोही अस्पतालमा राखिने अस्पतालका निर्देशक प्रा। डा। सुरज बज्राचार्यले बताए ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

