अरिङ्गालले चिलेर एक युवाको मृत्यु
काठमाडौँ । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ ।
साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिङ्गालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको स्थानीयवासी दीपेन्द्रकुमार राईले बताए । अरिङ्गालले चिलेर अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए ।
बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिङ्गालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिङ्गाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिङ्गालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए ।
अरिङ्गालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए ।
बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जङ्गलमा स्थानीयवासीले अरिङ्गालको सिकार गर्दै आएका छन् । यसपटक पनि कालो अरिङ्गालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिङ्गालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिङ्गालले आक्रमण गरेको धनबहादुरको भनाइ थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
