अर्वपति बिनोद चौधरी चुनावी प्रचारप्रसारका लागि मोटरसाईकलमै यात्रा
काठमाडौँ । नेपालका अर्बपती ब्यापारी बिनोद चौधरी अहिले चुनाबको चटारो छ । नेपाली कांग्रेशको तर्फबाट नवलपरासी पश्चिम १ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेद्वार भएका चौधरीलाई प्रचारप्रसारमा भ्याईनभ्याई छ ।आज चुनावी प्रचारप्रसारका क्रममा उनि मोटरसाईलमा समेत यात्रा गर्न भ्याए ।
एक कार्यकर्ताले चलाएको मोटरसाईकलको पछाडी बसेर उनि आज प्रचारप्रसारमा सहभागि भएका हुन् । उनले आफ्नो उक्त तस्विर सामाजिक सञ्जालमा समेत सेयर गरेका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा फोटो सेयर गर्दै लेखेका छन् ‘अघि बढी सकेका, मेरा यी पाईला हरु अब न थाक्ने छन् न रोकिने नै छन । हिजो म आफ्ना जनता माँझ अप्रत्यक्ष रुपमा हर सुखदुःख साथ थिए भने, आज प्रत्यक्षरुपमा जनताको घर आगँनमा छु ।’
चौधरी पछिल्लोपटक नेपाली कांग्रेशको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेका थिए भने २०६४ मा नेकपा ९एमाले० को तर्फबाट संविधानसभाको समानुपातिक सदस्य बनेका थिए । चौधरी पहिलोपटक प्रत्यक्ष प्रकृयाबाट निर्वाचन उठ्न लागेका हुन् ।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


