• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ चैत २०८२, आइतबार
२२ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • ६ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • ८ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १० घण्टा 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १० घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १४ घण्टा 

बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?
  • १४ घण्टा 

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. Precision, Comfort, and Performance: Meet Redmi Buds 8 Lite

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. गुगलले सार्वजनिक गर्यो नयाँ फिचरः अब डाटा नमेटी जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने

  • ४. Foton Motors Nepal Connected with Customer at Eastern Nepal Birtamode

  • ५. एसईई परीक्षा आजदेखि सुरु, पाँच लाख १२ हजार विद्यार्थी सहभागी

  • ६. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ७. निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता

  • ८. २०८२ चैत २० गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

कोदोखेतीमा गबारोको समस्या, कृषक चिन्तित

जानकारी केन्द्र २०७९, कार्तिक, १

काठमाडौँ । पर्वतका विभिन्न क्षेत्रमा लगाइएको कोदो खेतीमा गबारो किराको समस्या देखिएको छ । जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा गरिएको कोदो खेतीमा गवारो रोगको समस्या बढेपछि कृषक चिन्तित बनेका छन् ।

जिल्लाको दुर्लुङ, चित्रे, क्याङ, राम्जा, फलामखानी, लुङ्खुदेउराली, शालिजा, बाँसखर्कलगायतका क्षेत्रमा लगाइएको कोदोखेतीमा पहेँलो हुने, बाला नलाग्ने र विस्तारै बोट मर्ने समस्या देखिएको हो । धेरै गर्मी हुने बेँसीमा भन्दा केही चिसो हुने लेक क्षेत्रमा लगाइएको कोदोको गवारे किराको प्रभाव परेको देखिएको तथा विगतमा भन्दा यो वर्ष झनै क्षति भएको कृषि ज्ञान केन्द्र पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् ।

“पछिल्ला दुई–तीन वर्षयता गवारो किराको प्रकोप देखिएकामा अहिले झनै क्षति भएको भनेर लेक क्षेत्रका कृषकले गुनासो गरेका छन् । यसले पर्वतमा हुने कोदोको उत्पादनमा ह्रास ल्याउने भयो”, उनले भने, “कोदो पसाउने बेलामा बिरुवाको काण्डमा गवारोले छेड्छ । त्यसको असरले पसाउन पाउँदैन । विस्तारै बोट पहेँलो हुँदै मर्छ ।”

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत नारायण शर्माले कृषकको धेरै गुनासो आएपछि जिल्लाको मोदी गाउँपालिकाको क्याङमा ‘बाली उपचार शिविर’ राखेर त्यसको प्रभाव कम गर्ने प्रयास गरिएको बताए । त्यहाँका ३५ कृषकले ल्याएको बिरुवा परीक्षण गर्दा ५० प्रतिशतमा गवारोको समस्या देखिएको र त्यस बाहेक पातमा लाग्ने थोप्ले रोग र मरुवाको पनि प्रकोप रहेको पाइएको उनको भनाइ छ ।

“हामीले बाली उपचार शिविर नै राखेर प्रकोपको बारेमा खोजेका थियौँ । तर अबको उपचारले त्यो प्रकोप नियन्त्रणमा आउने अवस्था छैन । त्यही पनि हामीले तत्काल गर्न सकिने प्रयास भने गरेका छौँ”, उनले भने, “प्रकोप देखिएका अन्य ठाउँमा पनि कृषि प्राविधिकहरू पुगेर तत्काल गर्न सकिने प्रयास त गरेका छन् । सकेसम्म कम क्षति होस् भन्नेमा लागिरहेका छौँ ।”

ज्ञान केन्द्र प्रमुख थापाले गवारोको प्रकोप बढ्नुको कारण जलवायु परिवर्तनसँगै बारीमा गरिने सरसफाइको अभाव भएको बताए । जलवायु परिवर्तनले बालीका मित्र जीवलाई भन्दा शत्रु जीवलाई उपयुक्त हुने वातावरणको विकास भएकाले हरेक बालीमा फरक–फरक समस्या देखिएको उनको भनाइ छ ।

बारीका कान्ला वा कोदो रोपिएकै ठाउँमा पनि सरसफाइको आवश्यकता हुन्छ । तर कान्लाभरि झाडी छ, बारीका पाटा पनि सफा नहुँदा रोगको जीवाणुले आश्रय पाइरहेका छन् ।

गवारो किराको समस्या नियन्त्रण गर्ने विषादी कडा हुने र त्यसको प्रभाव लामो समय रहने भएका कारण अन्तिम अवस्थामा विषादीको प्रयोग नगर्न कृषकलाई कृषि ज्ञान केन्द्रले सुझाव दिएको छ । विषादीको ‘वेटिङ’ समय लामो हुँदा बाली भित्र्याएपछि पनि अन्न र नल ९बाला काटिएको कोदोको बोट० मा पनि विषादी कायमै रहन्छ । त्यस्तो अन्न र नल मानिस वा पशु दुवैलाई विषाक्त हुने भएकाले यो वर्ष विषादीको प्रयोग नगरिएको हो । तर आगामी वर्षमा भने कोदो गोड्दासाथ विषादी प्रयोग गरेर समस्या हल गर्न कृषकलाई सुझाइएको छ ।

ज्ञान केन्द्रका अनुसार जिल्लामा आठ हजार तीन सय ५० हेक्टर क्षेत्रफलमा कोदोखेती हुने गरेको छ । यसबाट करिब ११ हजार एक सय ८९ मेट्रिक टन कोदो उत्पादन हुन्छ । सात हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गवारो किराको प्रकोपकै कारण यस वर्ष कोदो उत्पादन गिरावट आउने भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

ताजा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.