उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा पाइलटसहित सात जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, कार्तिक, १
काठमाडौँ । भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार दुर्घटनामा पाइलट र ६ जना यात्रुको मृत्यु भएको हो। प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरका अनुसार मृत्यु हुनेमा पाइलट अनिल सिंह, पूर्व रामानुज, कृति, उर्भी, सुजाता, प्रेम कुमार र कलाको मृत्यु भएको हो।
दिल्लीस्थित आर्यन एभियसनको हेलिकोप्टर कम भिजिबिलिटीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको समाचार एजेन्सी एएनआईले जनाएको छ। मंगलबार विहान उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गरुडचटी भन्ने ठाउँमा हेलिकोप्टर दुर्टना भएको थियो। भारतीय राष्ट्रपतिद्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएकाहरुप्रति संवेदना प्रकट गरेका छन्।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

