• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

धान खेतमा बजार विस्तार

काठमाडौँ । “अहिले घर बनेका सबै ठाउँमा धानखेत थियो, यस्ता ठूला घर बनेकै थिएनन्, मोटर गाडी केही पनि आउँदैनथ्यो, व्यापारीले घोडा खच्चडमा सामान बोकेर ल्याएर बेच्ने गर्थे, अहिले त्यस्तो सुनसान ठाउँ बजार भयो, धान फल्ने खेतभरी घर बने”, निसीखोला गाउँपालिका–४ झिवाखोलाका का ७० बर्षिय भीमलाल रेग्मीले १२ वर्ष अगाडिको स्मरण गरे ।

झिवाखोला बजार एक दशक अगाडिसम्म रेग्मीले भने जस्तै सुनासन थियो । स–साना काठ, माटो र ढुङ्गाले बनेका घर थिए । व्यापारीले त्यही साना घर टहरामा दोकान राखेर सामान बिक्री गर्दै आएका थिए । झिवाखोला बजार भर्खर भर्खर मध्यपहाडी लोकमार्गले जोडिए पनि यातायातका साधान भने चलेका थिएनन् । निसीखोलाको तटीय क्षेत्रमा मात्रै घर थिए । माथिल्लो भाग सबै धान खेत थियो । तर, अहिले धान खेतमा ठूला–ठूला पक्की घरले भरिएका छन् ।

रेग्मीले झिवाखोलाले छोटो समयमा मुहार फेरेको बताए । “यो ठाउँमा यति धेरै विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइन, हामी गाउँले परिवेशमा जन्मे, हुर्केको मान्छे अहिले यस्तो विकास देख्दा खुसी लाग्छ”, उनी भन्छन्, “पहिले एउटा गतिलो पसल नभएको ठाउँमा अहिले जे भन्यो त्यही सामान पाइने ठाउँ बन्यो, गाउँलेलाई पनि सुविस्ता भयो ।

”उनले लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइसक्नु नभएको बताउछन् । रेग्मीले सडकले जोडिएपछि गाउँमा उत्पादन भएका वस्तुलेसमेत बजार पाउन थालेको बताए । मध्यपहाडी लोकमार्गसँगै अहिले गाउँ–गाउँमासमेत मोटरबाटो पुगेको भन्दै सडकले हरेक काममा टेवा पु¥याएको उनको भनाइ छ ।

“अहिले यस्तो बजार बन्दो रहेछ । उतिबेला ५०÷६० हजारमा बेचियो, उतिबेला नबेचेको भए अहिले करोडौँ पर्दोरहेछ”, रेग्मीले भने, “जे होस सडक आएपछि हामीलाई धेरै फाइदा पु¥याएको छ, गाउँमा फलफूल उत्पादन भएपछि यहाँ ल्याएर बेच्न सजिलो भएको छ, पहिले त गाउँमै खानेसक्ने हुन्थ्यो, अहिले दुई÷चार पैसा भए पनि आम्दानी भयो ।”निसीखोला गाउँपालिकाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा अहिले तीव्र गतिमा भवन बनिरहेका छन् ।

पछिल्लो समय दैनिक किनमेल गर्नेकोसमेत चाप बढ्दै गएको स्थानीय व्यापारी विष्णु पौडेलले बताउछन् । पछिल्लो समय बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउनेको सङ्ख्या पनि बढेको पौडेल बताउछन् ।

“अहिले झिवाखोला बजार क्षेत्रमा मान्छेको भीडभाड बढ्न थालेको छ, किनमल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जाने दैनिक यहाँ आउने गर्छन्, पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ”, पौडेलले भने, “पछिल्लो समय यहाँ वरपर घर घडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरेर आउने पनि बढेका छन्, सडक नआउँदा यहाँका मान्छे आफ्नो जग्गा जमिन बेचेर तराई झर्थे, अहिले बाहिरी मान्छे यहाँ आएर बस्न थालेका छन् ।”

पूर्वी रुकुम र रोल्पाको प्रवेशद्वारका रुपमा रहेको झिवाखोला व्यापारिक केन्द्रका रुपमासमेत विकास हुँदै गएको छ । विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको स्थानीय चेतराम भुषालले बताए । उनले लोकमार्गले गर्दा सहर बजारको केही सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरु बढेको उनको भनाइ छ ।

“यो ठाउँ रोल्पा रुकुमको प्रवेशद्वार भएको हुँदा आवतजावत गर्ने मान्छेहरुको भीडभाड बढेपनि यहाँ अझै राम्रो स्वास्थ्य उपचारको सुविधा छैन”, उनले भने, “ठाउँ साँघुरो भए पनि बजार विस्तार भएको छ, विकासलाई रोकेर रोकिने रहेनछ ।”स्थानीय देवीकुमारी पौडेलले बजार ठूलो बन्दै गएपछि उपभोग्य सामान नजिकबाट किनमेल गर्न पाइएको बताउछन् ।

उनले लोकमार्गका कारण झिवाखोला बजारको मुहारै फेरिएको बताउछन् । “हामी सानो हुँदा यो ठाउँ सुनसान थियो, खोलाको किनार छेउमा स–साना घर थिए, अहिले ठूला बजारमा जस्तै घर भवन बने, ठूला–ठूला पसल पनि यही खुले”, पौडेलले भने, “पहिले यहाँ सामान पाइएन भने बुर्तिबाङ बजारमै पुग्नुपथ्र्यो, अब सुबिधा भएको छ ।”

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.