• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०८ जेठ २०८३, शुक्रबार
०८ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
  • १२ घण्टा 

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
  • १४ घण्टा 

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल
  • १५ घण्टा 

पाँचथरको याङवरकमा बाढीपहिरो : सडक, झोलुङ्गे पुल र जलविद्युत् क्षति
  • १७ घण्टा 

कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण
  • १८ घण्टा 

आगामी ३ दिन तातो लहरको उच्च प्रभाव : यी जिल्लाहरू सबैभन्दा बढी प्रभावित
  • २० घण्टा 

सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने
  • २० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ६. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ७. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

धान खेतमा बजार विस्तार

जानकारी केन्द्र २०७९, कार्तिक, १

काठमाडौँ । “अहिले घर बनेका सबै ठाउँमा धानखेत थियो, यस्ता ठूला घर बनेकै थिएनन्, मोटर गाडी केही पनि आउँदैनथ्यो, व्यापारीले घोडा खच्चडमा सामान बोकेर ल्याएर बेच्ने गर्थे, अहिले त्यस्तो सुनसान ठाउँ बजार भयो, धान फल्ने खेतभरी घर बने”, निसीखोला गाउँपालिका–४ झिवाखोलाका का ७० बर्षिय भीमलाल रेग्मीले १२ वर्ष अगाडिको स्मरण गरे ।

झिवाखोला बजार एक दशक अगाडिसम्म रेग्मीले भने जस्तै सुनासन थियो । स–साना काठ, माटो र ढुङ्गाले बनेका घर थिए । व्यापारीले त्यही साना घर टहरामा दोकान राखेर सामान बिक्री गर्दै आएका थिए । झिवाखोला बजार भर्खर भर्खर मध्यपहाडी लोकमार्गले जोडिए पनि यातायातका साधान भने चलेका थिएनन् । निसीखोलाको तटीय क्षेत्रमा मात्रै घर थिए । माथिल्लो भाग सबै धान खेत थियो । तर, अहिले धान खेतमा ठूला–ठूला पक्की घरले भरिएका छन् ।

रेग्मीले झिवाखोलाले छोटो समयमा मुहार फेरेको बताए । “यो ठाउँमा यति धेरै विकास होला भन्ने मैले कल्पना पनि गरेको थिइन, हामी गाउँले परिवेशमा जन्मे, हुर्केको मान्छे अहिले यस्तो विकास देख्दा खुसी लाग्छ”, उनी भन्छन्, “पहिले एउटा गतिलो पसल नभएको ठाउँमा अहिले जे भन्यो त्यही सामान पाइने ठाउँ बन्यो, गाउँलेलाई पनि सुविस्ता भयो ।

”उनले लोकमार्गले झिवाखोला बजार नजोडिँदा यहाँ खेतको मूल्य निकै कम पर्ने गरेको सुनाउँदै अहिले मूल्य आकासिएर छोइसक्नु नभएको बताउछन् । रेग्मीले सडकले जोडिएपछि गाउँमा उत्पादन भएका वस्तुलेसमेत बजार पाउन थालेको बताए । मध्यपहाडी लोकमार्गसँगै अहिले गाउँ–गाउँमासमेत मोटरबाटो पुगेको भन्दै सडकले हरेक काममा टेवा पु¥याएको उनको भनाइ छ ।

“अहिले यस्तो बजार बन्दो रहेछ । उतिबेला ५०÷६० हजारमा बेचियो, उतिबेला नबेचेको भए अहिले करोडौँ पर्दोरहेछ”, रेग्मीले भने, “जे होस सडक आएपछि हामीलाई धेरै फाइदा पु¥याएको छ, गाउँमा फलफूल उत्पादन भएपछि यहाँ ल्याएर बेच्न सजिलो भएको छ, पहिले त गाउँमै खानेसक्ने हुन्थ्यो, अहिले दुई÷चार पैसा भए पनि आम्दानी भयो ।”निसीखोला गाउँपालिकाकै सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा अहिले तीव्र गतिमा भवन बनिरहेका छन् ।

पछिल्लो समय दैनिक किनमेल गर्नेकोसमेत चाप बढ्दै गएको स्थानीय व्यापारी विष्णु पौडेलले बताउछन् । पछिल्लो समय बाहिरी जिल्लाबाट बसाइँसराइ गरेर आउनेको सङ्ख्या पनि बढेको पौडेल बताउछन् ।

“अहिले झिवाखोला बजार क्षेत्रमा मान्छेको भीडभाड बढ्न थालेको छ, किनमल गर्नेदेखि लोकमार्ग हुँदै रोल्पा रुकुम जाने दैनिक यहाँ आउने गर्छन्, पहिलेको तुलनामा व्यापार पनि केही बढेको छ”, पौडेलले भने, “पछिल्लो समय यहाँ वरपर घर घडेरी किन्ने र बाहिरी ठाउँबाट बसाइँसराइ गरेर आउने पनि बढेका छन्, सडक नआउँदा यहाँका मान्छे आफ्नो जग्गा जमिन बेचेर तराई झर्थे, अहिले बाहिरी मान्छे यहाँ आएर बस्न थालेका छन् ।”

पूर्वी रुकुम र रोल्पाको प्रवेशद्वारका रुपमा रहेको झिवाखोला व्यापारिक केन्द्रका रुपमासमेत विकास हुँदै गएको छ । विकासका हिसाबले अझै पूर्वाधार निर्माण हुन बाँकी रहे पनि बसाइँसराइ रोकिएको र बाहिरी मानिसको आकर्षण बढेको स्थानीय चेतराम भुषालले बताए । उनले लोकमार्गले गर्दा सहर बजारको केही सुविधा यहीँ पाउन थालेपछि गाउँबाट यहाँ झर्नेहरु बढेको उनको भनाइ छ ।

“यो ठाउँ रोल्पा रुकुमको प्रवेशद्वार भएको हुँदा आवतजावत गर्ने मान्छेहरुको भीडभाड बढेपनि यहाँ अझै राम्रो स्वास्थ्य उपचारको सुविधा छैन”, उनले भने, “ठाउँ साँघुरो भए पनि बजार विस्तार भएको छ, विकासलाई रोकेर रोकिने रहेनछ ।”स्थानीय देवीकुमारी पौडेलले बजार ठूलो बन्दै गएपछि उपभोग्य सामान नजिकबाट किनमेल गर्न पाइएको बताउछन् ।

उनले लोकमार्गका कारण झिवाखोला बजारको मुहारै फेरिएको बताउछन् । “हामी सानो हुँदा यो ठाउँ सुनसान थियो, खोलाको किनार छेउमा स–साना घर थिए, अहिले ठूला बजारमा जस्तै घर भवन बने, ठूला–ठूला पसल पनि यही खुले”, पौडेलले भने, “पहिले यहाँ सामान पाइएन भने बुर्तिबाङ बजारमै पुग्नुपथ्र्यो, अब सुबिधा भएको छ ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग
अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने
एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

ताजा

२०८३ जेठ १० गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

विपन्न विद्यार्थीलाई राहत : कृषि विकास बैंकद्वारा डेडी थुम्का माविका २३२ बालबालिकालाई स्कुल ब्याग सहयोग

अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

एकै छानामुनि सबै ब्रान्ड उपलब्ध गराउँदै सीजी डिजिटल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.