माध्यमिक तहमा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान हट्यो
काठमाडौं । अव माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान रहँदै आएको छ।
एउटै तहभित्र दोहोरो रजिस्ट्रेसन गर्दा राष्ट्रिय परीक्षा बोर्डलाई आम्दानी हुने भए पनि विद्यार्थीका लागि झन्झट र अभिभावकका लागि अनावश्यक आर्थिक भार हुँदै आएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षतामा रजिस्ट्रेसनसम्बन्धी प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ। समितिले दिने निर्णयका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरी दोहोरो रजिस्ट्रेसनलाई हटाउने भएको छ ।
बोर्डका अध्यक्ष डा शर्माले कुन तरिका र विधिबाट यसलाई सहज बनाउन सकिन्छ भन्ने अध्ययन समितिको सिफारिसका आधारमा निर्णय हुने जानकारी दिँदै भने “अब कक्षा ९ मा रजिस्ट्रेसन गरे पुग्नेछ । एक पटक रजिस्ट्रेसन गरेपछि त्यसले कक्षा १२ सम्मकै लागि काम गर्नेछ ।”
माध्यमिक शिक्षा परीक्षा एसईईमा सहभागी हुन कक्षा ९ मा र एसएलसीई कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन कक्षा ११ मा रजिस्ट्रेसन फाराम भर्नुपर्ने प्रावधान छ । दुवै कक्षामा फाराम भर्दा जनही पाँच सय रुपियाँ बुझाउनुपर्ने नियम छ । कक्षा ११ मा कम्तीमा चार लाख नयाँ विद्यार्थी भर्ना हुने गरेका छन् । कक्षा ११ मा रजिस्ट्रेसन फाराम भर्नु नपर्ने भएमा वार्षिक कम्तीमा २० करोड रुपियाँ बोर्डको आम्दानीमा कटौती हुनेछ ।
केही वर्षअघि हरेक वर्ष कक्षा ९ मा असोज र कात्तिकमा रजिस्ट्रेसन फाराम भराउने चलन हुन्थ्यो । नयाँ व्यवस्था गर्न लागिएकाले अझैसम्म कक्षा ९ को रजिस्ट्रेसन फाराम खुला गरिएको छैन । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
