मकवानपुरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
जानकारी केन्द्र
२०७९, कार्तिक, ५
काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन। घटनामा परि बागमती-८ का रामबहादुर गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राति बागमती-५ कोइलादमार चोक नजिक ना १ ह ५८५५ नम्बरको अटो सडकमा रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
दुर्घटनामा परि अटो चालक बागमती-८ का सिंहबहादुर योन्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका छन् । घाइतेमध्ये १ जनालाई थप उपचारका लागि चितवन पठाइएको र २ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

