• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२१ जेठ २०८३, बिहीबार
२१ जेठ २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
  • ६ घण्टा 

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
  • ७ घण्टा 

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त
  • ८ घण्टा 

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै
  • ८ घण्टा 

सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा
  • १० घण्टा 

एकैदिन दुई हजार ३०० सवारीचालक ट्राफिक कारबाहीमा, रु २० लाख ८४ हजार राजस्व सङ्कलन
  • १० घण्टा 

मिड-भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिट बिच समझदारी : चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने
  • ११ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

पश्चिमी प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव : देशका विभिन्न क्षेत्रमा बदली र वर्षा, तराईमा तातो लहरको प्रभाव कायमै
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

  • २. एलपीएल २०२६ मा नेपाली क्रिकेटको बलियो उपस्थिति : दिपेन्द्र, सन्दीप र कुशल छनोट

  • ३. बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन

  • ४. सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

  • ५. साउनदेखि कुन कर्मचारीले कति तलब पाउँछन् ?

  • ६. ओमोडा ई५ प्रो नेपाली बजारमा सार्वजनिक, कतिपर्छ मूल्य ?

  • ७. २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइयो

  • ८. एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

  • ९. मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडा प्रतिनिधीको भेटवार्ता : अटोमोटिभ क्षेत्रको नीतिगत संवाद

  • १०. जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज

सेललगायत तारेका रोटी पेटका बिरामीलाई हानिकारक

जानकारी केन्द्र २०७९, कार्तिक, ७

चितवन । हाम्रो घरआँगनमा तिहार सुरु भइसकेको छ । तिहारमा सेललगायत तारेका रोटी धेरै खाने प्रचालन छ । यी रोटीले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा कमैले मात्रै हेक्का राख्ने गरेका छन् । चिकित्सकले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर मात्र यस्ता परिकार सेवन गर्न सुझाव दिएका छन् ।

यस्ता परिकार खाँदै नखानुभन्दा पनि सन्तुलित खाना खान चिकित्सकहरुको सुझाव छ । कतिपय बिरामीले खानै नहुने पनि अवस्था हुन्छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा खुशराज देवानले तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताए । उनले भने, “यस्ता समस्या भएका बिरामीले रोटी नखाएकै राम्रो हो ।”

महिनौंदेखि औषधि खाएर स्वास्थ्य राम्रो बनिरहेका बेला एउटा दुई वटा रोटीले फेरि समस्या बल्झिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिँदै डा देवानले भने, “त्यस्ता बिरामीले धेरै चिल्लो खाँदा बान्ता भएर रगतसम्म आउन सक्ने भएकाले धेरै चिल्लो भएको मासु र तारेका अन्य कुरा पनि बार्नुपर्छ ।”

सामान्य मानिसले पनि चिल्लो धेरै नखान र फलफूल, सागपातलगायत स्वस्थकर खानामा जोड दिनुपर्नेमा उनको सुझाव थियो । यतिबेला डेंगु, पखालालगायत समस्या रहेकाले उच्च सावधानी अपनाएर पर्व मनाउन र बजारमा मासु किन्दासमेत स्वस्थकर ठाउँ र कम बोसो भएको मासु खान समेत आग्रह गरिएको छ ।

कलेजो रोग विशेषज्ञ डा रुपेश श्रेष्ठ कलेजोको समस्या भएका बिरामीले तारेका चिज खान नहुने बताए । कलेजो रोग लागेर निको नहुने अवस्थामा पुगेका बिरामीले चिल्लोको सट्टामा धेरै प्रोटिन र कार्बाहाइड्रेड भएका खानामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । डा श्रेष्ठले भने “पर्वमा खानै हुँदैन भन्नुभन्दा पनि आफ्नो स्वास्थ्यलाई हेरेर चिल्लो सकेसम्म कम खानुपर्छ ।”

जण्डिस भएका बिरामीले सेलजस्ता तारेका रोटी खानु हानिकारक हुन्छ । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा कालिदास अधिकारीले तिहारमा सेललगायत रोटी खाने संस्कार पनि भएकाले खानै हुँदैनभन्दा पनि कम खान सुझाव दिए । उनले भने “घ्यू, तेल बढी भएका रोटी मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल भएका बिरामीले कमै खानुपर्छ ।”

“चार्ड मनाउनुुपर्छ, शरीर र रोगको अवस्था हेरेर खानपिन गर्नुपर्छ ।” डा अधिकारीले भने “पित्त थैलीमा पत्थरी भएकाले यस्ता रोटी धेरै खाँदा दुखेर समस्या झन् बढ्न सक्छ ।” पाचन प्रणाली कमजोर भएकाले पनि रोटी कम खान सुझाउँदै उनले भने “पचाउन गाह्रो हुनेले खाली पेटमा रोटी त खानै हुँदैन ।” खाली पेटमा बढी चिल्लो खाँदा सामान्य मानिसलाई पनि असर गर्न सक्ने तर युवालाई भने खासै असर गर्दैन ।

डा अधिकारीले थपे, “शरीर र स्वास्थ्यलाई ध्यान दिएर पर्व मनाऔँ ।” चाडपर्वको समयमा आजै मात्र त हो भनेर एकै पटक धेरै चिल्लो खाना खाँदा समस्या बल्झिने खतरा हुन्छ । समयमै खानपानमा ध्यान दिन सकेमा समस्या नपर्ने भएकाले सन्तुलित भोजनमा ध्यान दिन उहाँहरुको सुझाव थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

ताजा

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न

ईभी उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को नयाँ ब्रान्ड एम्बासडरमा नियुक्त

बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.