• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

किवी र बिरूवा बेचेर लाखौं आम्दानी

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । २०७३ सालबाट व्यवसायिक किबी खेती शुरु गरेका उनको दैनिकी अहिले त्यही किबीको हेरचाह तथा गोडमेलमा बित्दै आएको छ ।

भारतीय सेनाका पेन्सनर उनलाई ६३ वर्षीया श्रीमती मेनुकाले समेत सहयोग गर्दै आएका छन । घर अगाडि रहेको ४० रोपनी खेतीयोग्य जमिनमा शेर्पाले आधिकारिक रुपमा फार्म दर्ता गरेर व्यवसायिक किबी खेती गरेका हुन।

पहिलो वर्ष ३७५ बोट किबीको बिरुवा ल्याएर व्यवसायिक खेती शुरु गरेको उनको फार्ममा यस वर्ष करिब २५ लाख रुपैयाँ मूल्य बराबरको किबी उत्पादन भएका छन् । दुईजना निम्न आर्थिक अवस्थाका स्थानीय बासिन्दालाई बस्न र खानसँगै मासिक रु आठरआठ हजारका दरले रोजगारीसमेत दिएका उनले लगाएको किबीले रोपेको तीन वर्षदेखि नै उत्पादन दिन थालेको थियो ।

उनले उत्पादन गरेको किबी दिक्तेलबजार, हलेसी, धरान, काठमाडौँ लगायतका ठाउँहरुमा बिक्री हुने गरेको छ । उनले भने, “यस वर्ष उत्पादन भएका किबी बगानबाट टिप्नु अगाडि नै ग्राहकको माग धान्न गाह्रो भएको छ । ”

किबी खेती सम्बन्धी विभिन्न ठाउँमा पुगेर विज्ञहरुबाट तालिमसमेत लिनुभएका उहाँले टेलिभिजनमा हेरेर किबीको व्यवसायिक खेती शुरु गरेको जानकारी दिए । “किबी खेतीलाई अन्य बाली जस्तो दैनिक हेरचाह गरिरहनुपर्दैन रहेछ । बगानभित्र आलु, सागसब्जी लगायतका नगदेबालीको खेतीसमेत हुन्छ”, उनले भने, “कम मेहनतमा बढी आम्दानी दिने हुँदा यस वर्ष थप विस्तार गर्ने तयारीमा छु ।”

केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले यस वर्ष करिब चार हजार ५०० केजी किबीको फल तथा ६० हजारभन्दा बढी बिरुवा उत्पादन गरेका छन । पहिलो वर्ष ४३३ केजी किबीको फल उत्पादन गर्नुभएका राई जिल्लामै पहिलो किबीको व्यवसायिक खेती शुरु गर्ने कृषक हुन ।

रोपेको करिब चाररपाँच वर्षमा फल दिने किबीले राईको बगानमा तीन वर्षमै उत्पादन दिन थालेको थियो । राईले उत्पादन गरेका किबी अहिले प्रति केजी २०० देखि २५० रुपैयाँ सम्ममा घरैबाट बिक्री भइरहेको छ ।

एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको बिरुवासमेत राई आफैले उत्पादन गरेर बिक्री गर्दै आएका छन । किबीको बिरुवा बिक्रीबाट मात्रै वार्षिक १५ लाख रुपैयाँ बढी आम्दानी हुने गरेको राईले बताए ।

राईले उत्पादन गरेको बिरुवा प्रतिगोटा ३०० रुपैयाँमा घरबाटै बिक्री हुने गरेको जनाइएको छ । जिल्लामा किबीको व्यवसायिक खेती शुरु गर्ने कृषकको सङ्ख्या दिनानुदिन बढ्दै गएकाले माग अनुसार बिरुवा उत्पादन गर्न गाह्रो भएको राईको भनाइ छ ।

वि।सं। २०६८ माघमा मयुङ कृषि फार्म दर्ता गरेर दश रोपनी जग्गामा १२५ बोट बिरुवाबाट व्यवसायिक खेती शुरु गरे राईले त्यसलाई बढाएर ४० रोपनी क्षेत्रफलमा ४५० बोट बनाए । स्वीर सरकारको जागिर छाडेर व्यवसायिक किबी खेती शुरु गर्नुभएका उनले यस वर्ष मात्रै २१ लाख ६० हजार रुपैयाँ आम्दानी गरेका छन।

रहरै रहरमा किबी खेती शुरु गर्नुभएका राईका लागि अहिले किबीको फल तथा बिरुवा नै आम्दानीको आकर्षक माध्यम बनेको छ । सामाज शास्त्रमा स्नातक गर्नुभएका उहाँको फार्ममा अहिले ६० हजारभन्दा बढी बिरुवा मौज्दात रहेको पाइएको छ ।

एउटा वयष्क किबीको बोटमा १०० देखि १५० केजीसम्म फल उत्पादन हुने गरेको युवा राईले बताए। “बजार मूल्यमा अन्य फलफूलभन्दा किबी धेरै महङ्गो छ ।” उनले, “आफूले उत्पादन गरेको किबी बजार पु¥याएपछि चाख्नकै लागि भएपनि उपभोक्ताले खरिद गर्ने गरेका छन् ।”

किबीको फल दिक्तेल, धरान, बिराटनगर, काठमाडौँ लगायत जिल्ला तथा बिरुवा खोटाङको विभिन्न स्थानीय र छिमेकी जिल्लाहरु सोलुखुम्बू, ओखलढुङ्गा, भोजपुर, इलाम, सङ्खुवासभा लगायतमा नियात हुने गरेको राईले बताए । धनकुमारसँगै फेदीका आधा दर्जन घरका स्थानीय बासिन्दाले व्यवसायिक रुपमा किबी खेती गरेको छन् ।

बिगत आठ वर्षदेखि किबीको निरन्तर नर्सरी उत्पादन गर्दै आउनुभएका राईको फार्ममा यस वर्ष करिब साढे छ क्विन्टल फल उत्पादन भएको अनुमान गरिएको छ ।

वि।सं। २०७१ सालमा शुभ कृषि फार्म दर्ता गरेर व्यवसायिक खेती शुरु गर्नुभएको राईले ३० रोपनी क्षेत्रफल जमिनमा किबी खेती गर्नुभएको छ । कानूनमा बिएल तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राई पूर्वगाविस अध्यक्षसमेत हुनुहुन्छ ।

वि।सं। २०५४ सालमा साविकको दोर्पाचिउरीडाँडा गाविसको अध्यक्ष हुनुभएका राईले अहिले किबी खेतीबाट वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । स्थानीय चारजना युवालाई रोजगारीसमेत दिनुभएका राईले पछिल्लो समय जुस उद्योगसमेत सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ ।

आफूले उत्पादन गरेको किबी बोलेरो गाडीमार्फत काठमाडौँ, धरान, बिराटनगर लगायतका विभिन्न शहर पुर्याएर बिक्री गर्ने गरेको थापामगरले बताए । “किबी महङ्गो खेती भएकाले सानो पुँजी हुनेले यसको खेती गर्न सक्ने अवस्छा छैन । तर, गरेको मेहनत खेर जाँदैन” उनले भने, “बजारको समस्या छैन । बिक्री नभए प्रशोधन गरेर खाद्यवस्तु बनाउन सकिन्छ । वाइन, जुस र रक्सी उत्पादन गरेर राम्रो आम्दानी लिन सकिन्छ । यसका लागि राज्यले कानूनी व्यवस्था गर्नुपर्यो ।”

वि।सं। २०६८ सालबाट किबीको व्यवसायिक खेती शुरु गरिएको जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यवसायिक फार्म दर्ता गरेर किबी खेती शुरु गरेका छन् । लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा व्यवसायिक किबी खेती गर्नेको लहर नै चलेको छ ।

छदेखि आठ मीटरको दूरीमा रोपिने किबीलाई अन्य बालीनालीलाई भन्दा कम मेहनत गर्दा पनि प्रयाप्त उत्पादन दिने र किबी खेती गरिएको क्षेत्रभित्र अन्य विभिन्न बालीनाली लगाएर दोहोरो फाइदा लिनसमेत सकिने कृषकहरुले बताएका छन् । समुद्री सतहबाट दुई हजार ५०० मीटरमाथि अर्थात् सुन्तला फल्ने क्षेत्रभन्दा माथि र स्याउ फल्ने क्षेत्रभन्दा तल्लो क्षेत्रमा किबी खेती गर्न उपयुक्त भूगोल मानिन्छ ।

ब्रुनो र मन्टी प्रजातिको किबीसमेत उत्पादन हुँदै आएको जिल्लामा सबैभन्दा बढी हेवार्ड र रेड प्रजातिको किबीको राम्रो उत्पादन रहेको छ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा प्रशस्त पानीको श्रोत र चिस्यान भएको खेतीयोग्य जमिन रहेकाले व्यवसायिक किबी खेती गर्न उपयुक्त भूगोल भएको कृषि विज्ञहरुले बताएका छन् ।

व्यवसायिक रुपमा किबी खेती गर्ने कृषकलाई पछिल्लो समय सङ्घ, प्रदेश र स्थानीय सरकारले समेत अनुदान दिँदै आएको छ । सरकारले दिने अनुदानमा पहुँचवालाको मात्र हालीमुहाली रहेको जिल्लाका वास्तविक कृषकहरुले गुनासो गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.