ग्वार्कोमा स्कार्पियोको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु
काठमाडौं । ललितपुरको ग्वार्कोमा स्कार्पियो गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शनिबार राति सातदोबाटोबाट कोटेश्वरतर्फ जाँदै गरेको निलो रंगको स्कार्पियो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए।
घटनाबारे प्रहरीलाई राति ७स् ५३ मिनेटमा खबर भएको थियो। तर ठक्कर दिने गाडी फरार भइसकेको थियो। प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारीका अनुसार ठक्कर दिने गाडी निलो रंगको स्कार्पियो हो। उक्त गाडीको नम्बर भने खुलिनसकेको एसपी शाहीले बताए।
यता मृतक महिलाको पनि पहिचान खुलेको छैन। सनाखत गर्न प्रहरीले उनको फोटोसहित सबै प्रहरी युनिटहरूमा पत्राचार गरिसकेको छ। मृतक महिला अन्दाजी २५ देखि ३० वर्षकी छन्। उनलाई ठक्कर दिएपछि घटनास्थलमा पुगेको प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्याएको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी शाहीले बताए। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। फरार भएका चालक र गाडीको खोजी गरिरहेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
