ग्वार्कोमा स्कार्पियोको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु
काठमाडौं । ललितपुरको ग्वार्कोमा स्कार्पियो गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। शनिबार राति सातदोबाटोबाट कोटेश्वरतर्फ जाँदै गरेको निलो रंगको स्कार्पियो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए।
घटनाबारे प्रहरीलाई राति ७स् ५३ मिनेटमा खबर भएको थियो। तर ठक्कर दिने गाडी फरार भइसकेको थियो। प्रत्यक्षदर्शीले प्रहरीलाई दिएको जानकारीका अनुसार ठक्कर दिने गाडी निलो रंगको स्कार्पियो हो। उक्त गाडीको नम्बर भने खुलिनसकेको एसपी शाहीले बताए।
यता मृतक महिलाको पनि पहिचान खुलेको छैन। सनाखत गर्न प्रहरीले उनको फोटोसहित सबै प्रहरी युनिटहरूमा पत्राचार गरिसकेको छ। मृतक महिला अन्दाजी २५ देखि ३० वर्षकी छन्। उनलाई ठक्कर दिएपछि घटनास्थलमा पुगेको प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्याएको थियो।
चिकित्सकले उनलाई मृत घोषणा गरेको एसपी शाहीले बताए। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ। फरार भएका चालक र गाडीको खोजी गरिरहेको छ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

