भक्तपुरमा कार, मोटरसाइकल र बस दुर्घटनामा घाइते भएका बालकको मृत्यु
काठमाडौँ । भक्तपुरमा तीन वटा सवारीसाधन दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार दिउँसो सवा ३ बजे सूर्यविनायक नगरपालिका-५ सृजनानगरमा दुर्घटना भएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार कार, मोटरसाइकल र बस दुर्घटनामा परेका हुन्।
जगातीबाट काठमाडौं आउँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी मोटरसाइकलमा सवार ६ वर्षीय बालकको मृत्यु भएको डिएसपी पाण्डेले बताए। मोटरसाइकल चालक दोलखा घर भई काठमाडौंको बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पा घाइते छन्। उनका ६ वर्षीय छोरा आर्जनको उपचारको क्रममा मृत्यु भएको हो।
उनको आइतबार बिहान नर्भिक अस्पताल काठमाडौंमा मृत्यु भएको डिएसपी पाण्डेले बताए। ढावाको भने मध्यपुर ठिमीमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुर्घटना हुनुअघि एक जनाले बाटो काटेको देखिएको छ। जसले गर्दा कारले ब्रेक लगाएको थियो। ब्रेक लगाउँदा पछाडिबाट आउँदै गरेको मोटरसाइकल कारमा ठोक्किएर लडेपछि एकै दिशामा गुडिरहेको बसले उनीहरूलाई किचेको हो।
मोटरसाइकलमा मृतककी आमा पनि सवार थिइन्। तर उनलाई भने केही नभएको प्रहरीले जनाएको छ।प्रहरीले अनुसन्धानको लागि बसका चालक दोलखाका २६ वर्षीय भरत चौलागाईं र कार चालक भक्तपुरकी २६ वर्षीया रिया कायस्थलाई पक्राउ गरेको छ। यस घटनाको अनुसन्धान प्रहरी वृत्त जगातीले गरिरहेको परिसरले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
