दियुस श्रेष्ठको हत्या अभियोगमा ५ किशोर पक्राउ
जानकारी केन्द्र
२०७९, कार्तिक, १४
विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहार गरी बालकको हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । १४ वर्षीय दियुस श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जना किशोरलाई पक्राउ गरेको हो।
झापाको दमकबाट उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठ हेर्न पुगेका श्रेष्ठको हत्या पाँचजना किशोरको समुहले छुरा प्रहार गरेर गरेको प्रहरीले जनाएको छ । किशोरहरुले आइतबार राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार गरेका थिए ।
प्रहरीको अनुसार झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान दियुसको मृत्यु भएको हो। घटनापश्चा फरार भएका उनीहरु छुरासहित पक्राउ परेका हुन् ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

