नेप्से परिसूचकसँगै बढ्यो
काठमाडौँ । आज (बुधबार) पनि सेयर बजारले उकालो यात्रा तय गरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको छ । नेप्से ०.३८ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.७९ अंकले बढेर ३८२.९४ विन्दुमा पुगेको छ ।
कूल २२७ वटा कम्पनीको ४३ लाख ४६ हजार ७ सय ८ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८ सय ७५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएको १३ उपसमूहमध्ये ३ वटा उपसमूह घटेको छ भने बाँकी सबै उपसमूह उकालो लागेका छन्। सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ । आज शिवम् सिमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ७ करोड ८५ लाख ६० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
यस्तै, बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । बैंकको सेयरमूल्य ८.७४ प्रतिशतले बढेर प्रतिकित्ता २ सय ८८ रूपैयाँ ५० पैसा पुगेको छ । त्यसैगरी, यस दिन सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । संस्थाको सेयरमूल्य ३.९६ प्रतिशतले घटेर ९ सय ९४ रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
