काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुन व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।


