• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
  • ६ घण्टा 

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ७ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ८ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • ८ घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • ९ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • २४ घण्टा 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • १ दिन 

२०८३ वैशाख २३ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • ५. मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

  • ६. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • ७. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ८. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ९. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • १०. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

स्वास्थ्यचौकी नहुँदा सिटामोल पनि नपाइएको गुनासो

जानकारी केन्द्र २०७९, कार्तिक, १७

म्याङलुङ । कृषि र पशुपालनबाट आफ्नो जीविकोपार्जन गदै आएका तेह्रथुम लालिगुराँस नगरपालिका–८ मेघाका अधिकांश मतदाता हरेक चुनावमा आफ्नो गाउँको मुहार फेरिने आसामा छन् । गाउँमा गुणस्तरीय सडक, विद्यालय, खानेपानी र स्वास्थ्य चौकीको व्यवस्था नहुँदा जीवन कष्टकर रुपमा बिताउनु परेको उनीहरुको गुनासो छ । अहिले देशमा चुनाव लागेकाले नेता, तथा कार्यकर्ता भ्याइनभ्याइ गरी भोट माग्दै हिँड्न थालेका छन् । विसं २०१५देखि भोट दिँदै आएको छु, नेताले काम नगरेका हुन् की राम्रो उमेरदवार छान्न नजानेर हो हाम्रो गाउँको विकास जहाँको त्यही रहेको छ, ७५ वर्षीय कविन्द्र श्रेष्ठले पीडा पोखे ।

उनी मात्रै होइन त्यस ठाउँका अधिकांश बासिन्दाले उम्मेदवारसँग गाउँमा स्वास्थ्यचौकी भइदिए सिटामोलसम्म त खान पाइन्थोकी भनेर हरेक चुनावमा गुनासो गर्दै आएका छन् । राम्रो स्वास्थ्य सुविधा त के सिटामोल मात्रै खानकै लागि पनि एक दिनको बाटो हिँडेर जिल्ला अस्पताल धाउनु परेको अर्का स्थानीयवासी ज्ञानबहादुर श्रीपालीले बताए । चुनाव आउन केही दिन मात्र बाँकी भए पनि कुन उम्मेदवारलाई भोट दिने भन्ने निर्णय गर्न नसकिएको अर्का स्थानीयवासी अम्बिका कार्कीले जोड दिइन् । स्वास्थ्यचौकी जसले स्थापना गर्छ उसलाई नै मत दिने पक्षमा रहेको उनको भनाइ थियो ।

विगतका निर्वाचनमा थुप्रै नेतालाई जिताए पनि अहिलेसम्म कसैले पनि मन छुनेगरी काम गर्न नसकेको गुनासो गर्दै अम्बिकाले भनिन्, “हामीले विगतका चुनावमा धेरैलाई भोट दियौँ, खै उनीहरुले अहिलेसम्म हाम्रा लागि केही गरेको देखेनाँैं । जसलाई जितायौँ, उनिहरु अहिले हामीसँग राम्रोसँग बोल्न पनि हुन्न । अरु के कुरा गर्नु र रु त्यसैले यस पटक राम्रो काम गर्ने जनप्रतिनिधिको खोजीमा छौँ । हामीलाई ठूला कुरा होइन्, काम चाहिएको छ ।” उनले भनिन्, “अहिले देशमा रोजगार नपाएर हाम्रा छोराछोरीले विदेशिनु परेको छ । अब हामी जनता पहिलेको जस्तो कुरामा भुल्ने छैनौँ । हामी बुझ्ने भइसकेका छौँ ।”

भेलामा करिब एक सय जनाको हाराहारीमा गाउँले सहभागी थिए । खासमा उनीहरु नेताको खोक्रो भाषण सुन्नुभन्दा आफ्ना गुनासा पोख्नका लागि सहभागी भएका थिए । त्यस ठाउँका मतदातासँग मत माग्न प्रतिनिधिसभाको उम्मेदवार नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ र प्रदेशसभा १ का कांग्रेसकै उम्मेदवार सन्तोष सुुब्बालगायत गठबन्धन दलका नेता त्यहाँ पुगेका थिए । चुनाब आएसँगै सबै नेता गाउँ पस्छन्, जितेर गएपछि कोही फर्किंदैनन् । हामी गाउँलेको समस्या जहाको त्यही रहेको लालीगुराँस नगरपालिका–३ मुसाङ्खेलकी कमला कार्कीले गुनासो गरिन् । मङ्सिरको चटारो धमाधम काम गर्न छोडेर नेताका भाषण सुन्ने फुर्सद पनि छैन । खेतमा धान र बारीमा कोदो पाकिसकेको छ ।

कुन पार्टीका एजेन्डाले अहिलेसम्म हाम्रो गाउँको समस्या सम्बोधन गरेको छ र भन्दै उनले उम्मेदवारसँग गुनासो गरिन् । कार्की मात्र होइन वडा नं ६ का कृष्ण लिम्बूले भने “गाउँ गाउँमा सडकको ट्र्याक खोल्ने त काम भयो तर स्तरोन्नति नभएर आफूले उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पु¥याउन नसकेको र बिरामी हँुदा अस्पतालसमेत लान गरो छ ।” मतदाताले घरदैलो तथा भेटघाटमा आउने सबै नेताहरुलाई आ–आफ्ना गुनासा पोख्न थालेका छन् ।

चुनाव आउँदा मात्र नेता गाउँमा आउने र चुनाव जितेर गएपछि फेरि नफर्किने गरेकाले गाउँको विकास पछि परेको गीता बाँनियाले बताइन् । अघिल्लो जनप्रतिनिधिभन्दा असल विचार, जनताको हितमा काम गर्ने र आधुनिक कुरामा राम्रो ज्ञान भएको जुझारु उम्मेदवारलाई जिताउने पक्षमा रहेको अधिकांश मतदाताको भनाइ थियो ।

चुनावको समयमा मात्र देश विकासका कुरा गर्ने तर जितेपछि ती सबै कुरा भुलेर आफ्नो व्यक्तिगत सुख सयलमा रमाउनेले अब भोटको आश नगरे पनि हुन्छ । हामी त्यस्तालाई प्राथमिकता दिँदैनौ स्थानीयवासी देवीमाया कार्कीले जोड दिइन्। जसले आफ्नो होइन देशको चिन्ता गरोस्, देशभित्रै रोजगारी बढाउने कार्य गरोस् । देशमा बेरोजगारी मौलाएको छ । हजारौँ युवा विदेश पलायन भएका छन् । महँगी बढेर उस्तै छ । यत्ति हो अब चाँही अलि राम्रोलाई अवसर दिनुपर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

ताजा

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.