Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

बस्नेतको घरबाट २९ तोला सुन डकैती घटनाका मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १८
बस्नेतको घरबाट २९ तोला सुन डकैती घटनाका मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान

काठमाडौं । कीर्तिपुरको नारायण बस्नेतको घरबाट सुन र नगद डकैती घटनाको मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान भएका छन् । कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित बस्नेतको घरमा गत साउन २४ गते बिहान एक समुहले चोरी गरेका थिए ।

हतियारसहित आएको समुहले बस्नेतको २९ तोला सुनका गरगहना र साढे एक लाख नगद चोरी गरेका थिए । सोही घटनाका मुख्य आरोपी स्वयम्भुका प्रेम भन्ने सानुकान्छा तामाङलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको हो ।

यसअघि नै घटनामा सम्लग्न चारजना पक्राउ परिसकेका छन् ।

Top Changing Nepal

युट्युब सट्स