• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • १० घण्टा 

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • ११ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • १२ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • १६ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १६ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १६ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १९ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालय

जानकारी केन्द्र २०७९, कार्तिक, १८

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन सुरु गरेसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा थियो ।

तर कोरोना महामारीको समयमा गाउँ फर्कनु भएका दीपेन्द्र खत्री विद्यालयको कमजोर अवस्था देखेर चिन्ता लाग्यो । उनी विद्यालय सुधारको योजनासहित अघि बढे । केही समयमै खत्री विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिए ।

अध्यक्ष भएसँगै खत्रीले अभिभावकलाई आकर्षित गर्नका लागि गुणस्तर बढाउन लागे । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउनका लागि खत्रील सदरमुकाममा निजी विद्यालयमा अध्ययन गर्दै आएका आफ्ना तीन बालबच्चालाई फर्काएर सोही विद्यालयमा भर्ना गराए ।

खत्रीको विद्यालय सुधारको अभियानमा स्थानीयले पनि साथ दिए । केही स्थानीयले सन्तान सरकारी विद्यालयमै फर्काए भने आर्थिक स्रोत पनि जुट्न थाल्यो ।

२०७७ सालमा काठेखोला गाउँपालिकाले विद्यालय गाभ्ने योजना अन्तर्गत जनसेवा प्राविका १२ जना विद्यार्थी भर्ना ग¥यो । विद्यालय गाभेपछि विद्यार्थीको संख्या २९ पुग्यो । गाभ्ने प्रक्रिया पूरा भएपछि स्थानीयमा आशा पलायो । क्रमशः स्थानीयहरुले सन्तान विद्यालयमा भर्ना गर्न थाले ।

२०१७ सालमा स्थापना भएको विद्यालयमा तीन वर्षमा २६ जना विद्यार्थी थपिएर ४३ पुगेका छन् । प्रधानध्यापक अबिराम थापाका अनुसार २०५२ सालमा हालसम्मकै सबैभन्दा बढी १०० विद्यार्थी पुगेका थिए । तर बसाइसराइ तथा निजी विद्यालयमा आकर्षण बढेसँगै विद्यार्थीको संख्या कम हुँदै गएको थियो ।

तीन वर्ष अघिसम्म बन्द हुने अवस्थामा पुगेको विद्यालय यतिबेला भने बलियो बन्दै गएको छ । हाल गौथली सामूदायिक विकास केन्द्र र धम्जा घर भई विभिन्न स्थानमा छरिनुभएका शिक्षाप्रेमीहरुले जुटाएको आर्थिक रकमबाट विद्यालयमा दुई शिक्षक नियुक्ति समेत गरिएको अध्यक्ष खत्रीले बताए ।

अहिले विद्यालयमा एकदेखि पाँच कक्षासम्म तीन जना शिक्षकको दरबन्दी छ भने दुई जना राहत अनुदान र दुई शिक्षक स्थानीयको सक्रियतामा गरी सात जना शिक्षक तथा कर्मचारी नियुक्त गरिएको छ ।

कोरोना महामारीको समयमा विद्यालय सुधारको योजना निकै प्रभावकारी भएको र विद्यालयले पुरानै अवस्थामा ल्याउन सफल भएको प्रधानध्यापक थापाको भनाइ छ ।

हाल विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत रु १८ लाख लागतमा २ कोठे पक्की निर्माणधीन अवस्थामा छ । अपुग रकमका लागि गाउँपालिकासँग माग गरिएको विद्यालयले जानकारी दिएको छ ।

गौथली सामूदायिक विकास केन्द्रले विद्यालयलाई रु पाँच लाखको अक्षयकोष स्थापनाका लागि सहयोग गरेपछि स्थानीय क्लव, आमा समूह, भजन समूह, वन समूहलगायतबाट विद्यालयमा दुई शिक्षकलाई कोषको ब्याजबाटै तलब व्यवस्थापन गर्न पुग्ने गरी अक्षय कोषको व्यवस्था मिलाइएको केन्द्रका अध्यक्ष शिव भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

ताजा

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.