धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, कार्तिक, २७
धादिङ । धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शनिबार राति ८:२० बजे ज्वालामुखी गाउँपालिका- ४ टारीमा जिप दुर्घटना भएको हो। टारीबाट अर्याल गाउँ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जिपमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानकारी दिए।
उनका अनुसार जिप आफैं अनियन्त्रित भएर सडकबाट ५० मिटर तल खसेको थियो। दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चालकसहित ६ जना घाइतेको उपचारका लागि जिल्ला अस्पताल धादिङमा पठाइएको थियो। घाइतेमध्ये किसन बिकबाहेक अरू सबैलाई सामान्य उपचार गरेर दस बजे राति डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। चालक समिर गदेल भने जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा छन् ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
