ललितपुर–३ मा तोसिमाको उम्मेदवारी कायमै रहने सर्वोच्चको फैसला
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ। सोमबार सर्वोच्च अदालतले ललितपुर–३ मा डा। कार्कीको उम्मेदवारी कायमै रहने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम रहने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।
लाभको पदमा रहेको हुँदा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्न अयोग्य रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीले बैठक भत्ता बुझेको भन्दै आयोगले त्यसलाई ‘लाभको पद’ रुपमा व्याख्या गरेको थियो ।
उम्मेदवारी खारेज भएपछि कार्की आयोगको निर्णयविरुद्ध सर्वोच्च गएकी थिइन् । उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायमै रहने अन्तरिम आदेश दिएको थियो । उक्त आदेशविरुद्ध निर्वाचन आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो ।
आयोगको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघिकै आदेशलाई निरन्तरता दिएको हो ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


