ललितपुर–३ मा तोसिमाको उम्मेदवारी कायमै रहने सर्वोच्चको फैसला
काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ। सोमबार सर्वोच्च अदालतले ललितपुर–३ मा डा। कार्कीको उम्मेदवारी कायमै रहने यसअघिको आदेशलाई निरन्तरता दिएको हो । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले कार्कीको उम्मेदवारी कायम रहने यसअघिको आदेशलाई निरन्तरता दिएको हो ।
लाभको पदमा रहेको हुँदा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्न अयोग्य रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीले बैठक भत्ता बुझेको भन्दै आयोगले त्यसलाई ‘लाभको पद’ रुपमा व्याख्या गरेको थियो ।
उम्मेदवारी खारेज भएपछि कार्की आयोगको निर्णयविरुद्ध सर्वोच्च गएकी थिइन् । उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायमै रहने अन्तरिम आदेश दिएको थियो । उक्त आदेशविरुद्ध निर्वाचन आयोगले सर्वोच्चमा भ्याकेट निवेदन दिएको थियो ।
आयोगको भ्याकेट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यसअघिकै आदेशलाई निरन्तरता दिएको हो ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

