मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी
काठमाडौं । चुनावको मतगणना पश्चात मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएके छ। मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले सोमबार रिट दायर गरेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेसीी आजका लागि तोकिएको हो। निर्वाचन आयोगले मुद्दा पर्ने अवधि नाघेपछि छाप लगाइएका मतपत्रलाई जनक शिक्षा सामग्री केन्द्रमा सरकारी कागजात धुल्याउने नियमहरु, २०२७ अनुसार धुल्याउँछ। उक्त नियमको २ ले धुल्याउनुलाई आगोमा डढाउने कार्य भनी परिभाषित गरेको छ।
यसले संविधानले परिकल्पना गरेको मानवअधिकार, धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३० को स्वच्छ वातावणमा बाँच्न पाउने हक तथा स्वास्थ्यसम्बन्धी हकहरू निष्प्रभावी बन्न पुगेको दाबीसहित रिट दायर भएको हो।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

