नेप्सेमा गिरावट, १.३३ अंकले घटेर ३७३.७१ विन्दुमा
काठमाडौं । आज (मंगलबार) सेयर बजारमा फेरि गिरावट देखिएको छ । नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको छ । नेप्से ०.३५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.३३ अंकले घटेर ३७३.७१ विन्दुमा झरेको छ ।
कूल २२९ वटा कम्पनीको २७ लाख ४५ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर बढेको छ । बाँकी १० वटा उपसमूहको सेयर भने घटेको छ ।
त्यसैगरी, मंगलबार कारोबार रकममा हिमालयन डिष्टीलरीले अग्रता कायम गरेको छ । कम्पनीको ८ करोड २२ लाख ३४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज सिटिजन्स म्युचुअल फण्ड १ को मूल्य सबैभन्दा धेरै बढेको छ । उक्त फण्डको मूल्य ४.५८ प्रतिशतले बढेर ८ रूपैयाँ पुगेको छ ।
यस दिन तारागाउँ रिजेन्सीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ८.५६ प्रतिशतले घटेर ३ सय ५० रूपैयाँ २० पैसामा झरेको छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


