पश्चिम नेपालमा कुनै पनि बेला विनासकारी भूकम्प जान सक्छ : भूकम्पविद
डडेल्धुरा । पश्चिम नेपालमा सन १५०५ मा विनासकारी भुकम्प गएको थियो । अहिले सन २०२२ सकिदै छ । झण्डै सात सय वर्ष भयो, यो ठाँउमा विनाशकारी भुकम्प गएका छैनन् । मुख्य दरारमा प्रत्येक वर्ष भारतिय प्लेट दुई सेन्टिमिटरका दरले भित्र छिर्ने गर्छ । जसले गर्दा एक सय वर्षमा दुई मिटर भित्र छिर्छ । सात सय वर्षमा जम्मा १४ मिटर भित्र अड्केर बसेको भुकम्पविद एवं त्रिभुवन विश्व विद्यालयका प्रा डा दिपक चम्लागाईको भनाई छ ।
त्यो १४ मिटर जुनसुकै बेला सर्न सक्ने भएकाले भुकम्प जाने सम्भावना रहेको चम्लागाईको भनाई छ । ‘त्यो १४ मिटर सर्न बाँकी दरार भनेको जोखिमयुक्त हो । त्यो सर्दा पश्चिम नेपालमा विनासकारी भुकम्प जान सक्छ ।’
विगतमा गएका भुकम्पको तथ्यांकलाई हेर्दा कुनै पनि ठाँउ बिषेशमा एक पटक भुकम्प गईसके पछि त्यही ठाँउमा अर्को भुकम्प जानलाई लगभग सात सय वर्ष सम्म लाग्ने उनको भनाई छ । मध्यमखालका र अझ त्यो भन्दा ठूलो भूकम्प जान नौ सय वर्ष लाग्ने उनले बताए ।
भुकम्पको केन्द्रबिन्दु यही ठाँउमा भनेर इंगित गर्न नसकिने तर समग्र पश्चिम नेपालमा जुनसुकै ठाँउमा पनि केन्द्रबिन्दु बनाएर ठूलो भुकम्प जानसक्ने उनको भनाई छ । ‘दरार भनेको पूर्व हिमालय देखि पश्चिम हिमालय सबै ठाँउमा छ । यो दरार चुरेको अग्रभागमा निस्कन्छ ।’ उनले भने ।
जोखिम व्यवस्थापन गर्न मुख्यतया पूर्व तयारी गर्नुपर्ने उनको भनाई छ । पूर्व तयारीमा पनि पहिलो कुरो जनचेतनाका कुरा धेरै गर्नुपर्ने उनको भनाई छ । बेलैमा भुकम्प प्रतिरोधी घर बनाउनु पर्ने उनको भनाई छ । राजधानी दैनिकबाट
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
