Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

प्रधानमन्त्री देउवाले आज तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, कार्तिक, ३०
प्रधानमन्त्री देउवाले आज तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं, । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज डडेल्धरा, बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सुदूरपश्चिममा आयोजना हुने सभालाई सम्बोधन देउवामा मंगलबार नै कैलालीस्थित आफ्नो निवास पुगेका थिए ।

प्रधानमन्त्री देउवाले आज साढे ११ बजे गृहजिल्लाको अजयमेरु गाउँपालिकाको देवलमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आजै बैतडी र अछाममा आयोजना हुने चुनावी सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री देउवा यही कात्तिक १७ गतेदेखि चार दिनसम्म डडेल्धुरा बसेका थिए । सो क्रममा उनले सात पालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन्।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रधानमन्त्री देउवासहित आठ उम्मेदवार चुनावी मैदानमा छन् । उनी २०४८ सालयताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् । प्रधानमन्त्री देउवाले आजै बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि प्रधानमन्त्री देउवाले यही कात्तिक २३ गते बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गरेका थिए । सो सभालाई उनीसँगै नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सम्बोधन गरेका थिए।

बैतडीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर तथा प्रदेशसभा १  मा कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा २ मा कांग्रेसकै शिवराज भट्ट चुनावी मैदानमा रहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स