मतपत्रसहितका निर्वाचन सामग्री ढुवानी सुरु
काठमाडौँ । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रसहित निर्वाचन सामग्री ढुवानी आजदेखि सुरु भएको छ । बैतडीका जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालका अनुसार निर्वाचनमा आवश्यक पर्ने सामग्री ढुवानीको काम सुरु भएको हो ।
निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई तालिम दिइएको, त्यसपछि निर्वाचन सामग्री हस्तान्तरण गरी उनीहरुहरुलाई सम्बन्धित मतदानकेन्द्रमा खटाइएको छ । जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडा राखिने थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको थियो । मतदानको दिन र मतदान हुनुभन्दा पहिला खटाइसके अवधिमा गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको छ ।
जिल्ला निर्वाचन अधिकारी फुँयालले भने,“टाढाका मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी एक सय ४० जनालाई आज मतपत्र र निर्वाचनसामग्रीसहित खटाएका छौँ, बाँकीलाई भोलि खटाउँछौँ । मङ्सिर १ गते साँझसम्म मतदानस्थलमा निर्वाचन सामग्री पुगिसक्छ । ”
बैतडीमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिएको छ । निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाइएको छ । बैतडीमा एक सय २९ मतदानस्थलमा दुई सय १० मतदान केन्द्र रहेका छन् ।
यसका साथै एउटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेका छन् । यहाँ ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रदेशसभाका दुई सिटका लागि पनि ११ जना उम्मेदवार प्रतिस्प्रर्धामा छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

