थाहापाइ राखौ, भोट खसाल्ने सहि तरिका यस्तो छ
काठमाडौं । मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
सहि तरिकाले ४ चरणमा तल बताइए अनुशार मतदान गर्नुपर्ने छ ।
चरण–१
१। प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको पहिलो मतपत्र लिनुहोस् ।
२। स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३। मतपत्र सही तरिकाले पट्ट्याउनुहोस र सेतो पृष्ठभूमिमा रातो रङले ‘१’ लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्नुहोस् ।
चरण–२
१। प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको दोस्रो मतपत्र लिनुहोस् ।
२। स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३। मतपत्र सही तरिकाले पट्ट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ‘२’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।
चरण–३
१। प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिह्न छापिएको तेस्रो मतपत्र लिनुहोस् ।
२। स्वस्तिक छापले कुनै एक उमेदवारको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३। मतपत्र सही तरिकाले पट्टयाउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रङले ‘३’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् ।
चरण–४
१। प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिह्न छापिएको चौथो मतपत्र लिनुहोस् ।
२। स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिह्नमा मतसंकेत गर्नुहोस् ।
३। मतपत्र सही तरिकाले पट्टयाउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रङले ‘४’ लेखिएको स्टिकर भएको मतपेटिकामा मतपत्र खसाल्नुहोस् र मतदान केन्द्रबाट बाहिर जानुहोस् ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
