भोट हाल्न गाउँघरतिर लर्को
काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौं उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको संख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलंकी, बल्खू, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् ।
ट्राफिक प्रहरीले पछिल्ला दिन गाडी रिजर्भ गरेर जानेको संख्यासमेत बढेको जनाएको छ । निर्वाचन मुखमा विभिन्न राजनीतिक दलले मतदातालाई गाडी रिजर्भ गरेर लैजाने गरेको पाइएको छ ।
यातायात व्यवसायीका अनुसार हिजो बुधबार र आज बिहीबार काठमाडौं उपत्यकाबाहिर जाने बस बढी मात्रामा रिजर्भ भएका छन् ।
यात्रुले भने निर्वाचनका बेला व्यवसायीले महँगोमा टिकट बेचेको आरोप लगाएका छन् । सामान्य दिनभन्दा महंगोमा भाडा लिने गरेको उनीहरूको गुनासो छ ।
व्यवसायीले महंगोमा टिकट बेच्ने गरेको तथा थोत्रा र पुराना गाडीमा यात्रा गर्न बाध्य बनाउँदासमेत ट्राफिक प्रहरीले अनुगमन नगरेको यात्रु बताउँछन् ।
ट्राफिक प्रहरीले दसैं–तिहारलगायत चाडपर्वमा चेकजाँच तथा सिभिलमा पनि ट्राफिक प्रहरी खटाउने गरेको छ । तर, अहिले भने टिकट महंगीलगायत नियन्त्रणमा ट्राफिक प्रहरीले चासो नदेखाएको आजको राजधानी दैनिकमा खवर छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

