• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ असार २०८३, आइतबार
०७ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
  • ६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ६ घण्टा 

२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन
  • १९ घण्टा 

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • २१ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • २३ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • २३ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • १ दिन 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

  • २. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा

  • ५. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ६. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • ७. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ९. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • १०. इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

जानकारी केन्द्र २०७९, मंसिर, १

दाङ। दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी० का मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा ९एमाले० की शान्ता चौधरी चुनावी मैदानमा रहेका छन्।

दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्धा गर्दैछिन्।

मेटमणि सहरी विकासमन्त्रीसमेत हुन् । उनी दोस्रो पटक निर्वाचन लड्दै छन् । यसअघि २०७४ सालमा वाम गठबन्धन हुँदा देउखुरीबाट कांग्रेसका उम्मेदवार सुशीला चौधरीलाई हराउँदै उनी विजयी भएका थिए। विसं २०६४ मा पहिलोपटक समानुपातिकतर्फबाट एमाले सांसद भएकी शान्ता २०७४ सालमा पनि समानुपातिकबाटै सांसद हुँदै सचेतक भएकी थिईन् ।

दुई पटक समानुपातिकबाट सांसद भएकी शान्ता प्रत्यक्षतर्फ दोस्रोपटक प्रतिस्पर्धामा छिन् । विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा उनी दाङ २ मा प्रत्यक्षतर्फ कांग्रेसकी सुशीला चौधरीसँग पराजित भएकी थिइन् । अहिले त्यही क्षेत्रबाट मेटमणिसँग प्रतिस्पर्धामा छिन् ।

तत्कालीन अवस्थामा क्षेत्र नं २ देउखुरी क्षेत्रमा पथ्र्यो । सङ्घीयतापछि समग्र देउखुरीलाई समेटेर घोराही र बङ्गलाचुलीको केही वडा समेटेर क्षेत्र नं १ बनाइएको छ । अहिले पनि भूगोलका हिसाबले त्यही क्षेत्रबाट निर्वाचन लड्दैछिन्। यद्यपि उनको मतदाता नामावली चाहिँ घोराही उपमहानगरपालिका–४ मा पर्छ जुन निर्वाचन क्षेत्र नं २ हो ।

गत स्थानीय तह निर्वाचनमा गठबन्धन एमालेभन्दा दोब्बर मतले अघि देखिन्छ । एकीकृत समाजवादीलाई कांग्रेस र माओवादीले साथ दिएमा मेटमणिलाई जित्न सहज हुने देखिन्छ । गठबन्धनको मत सबै आफुलाई प्राप्त हुने चौधरीको दाबी छ । “यो गठबन्धन कुनै चुनाव जित्नलाई मात्रै नभई यो विशेष परिस्थितिमा मुलुक जोगाउन गरिएको हो”, उनले भनिन्, “त्यसैले गठबन्धनको मत बाहिर जाँदैन, चुनाव हामीले जित्छौँ ।” यो क्षेत्रमा २०७४ सालमा कांग्रेसले २१ हजार तीन सय २९ समानुपातिक मत पाएको थियो भने एमालेले २२ हजार पाँच सय ९९ र माओवादी केन्द्रले १४ हजार आठ सय छ मत ल्याएको थियो । एमाले विभाजन भए पनि मतमा भने खासै अन्तर देखिएको छैन ।

थारुको बाहुल्यता भएको यो निर्वाचन क्षेत्रमा सबै उम्मेदवारको आँखा थारु मतदातामै छ । शान्ताले आफू पूर्वकमलरी हुँदै कमलरी मुक्तिका लागि खेलेको भूमिका महत्वपूर्ण भएकाले थारु समुदायले भोट दिने अपेक्षा गरेकी छन्। “थारु समुदाय निकै पछाडि परेको समुदाय हो, म आफैँ पनि अर्काको घरमा कमलरी बसेर आएको मान्छे हुँ”, उनले भनिन्।

क्षेत्र नंं १ मा एमालेका केन्द्रीय सदस्य गङ्गा चौधरीले पार्टी परित्याग गरी भर्खर खुलेको हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएकी छन् । उनी दुई पटक समानुपातिकतर्फबाट सांसद भईसकेकी छन् । विसं २०७० मा उनी थरुहट तराई पार्टीको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् भने २०७४ सालमा एमालेको तर्फबाट समानुपातिक सांसद भईन् ।
दाङ क्षेत्र नं २ मा एमाले शङ्कर पोखरेलसँग गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माबीच चुनावी टक्कर हुने देखिन्छ । विसं २०७० र २०७४ को निर्वाचनमा उनी समानुपातिक सांसद थिइन् । विसं २०७२ मा उनी सामान्य प्रशासनमन्त्री समेत बनिन् । अहिले शर्माले पोखरेलसँग पहिलोपटक प्रत्यक्ष निर्वाचनतर्फ सामना गर्दैछिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
कस्तो छ आजको मौसम पूर्वानुमान ?
राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

ताजा

आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.