सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । पर्वत, जलजला गाउँपालिका-३ भुर्तुला गैराकोपाखामा ग।१ ज ५२९६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब ३ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा जिप चालक सोही गाउँपालिका- २ माझफाटँ बस्ने ३७ वर्षीय डम्बर बहादुर दमैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल म्याग्दीमा उपचारको क्रममा
मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य १४ जनामध्ये ३ जनाको जिल्ला अस्पताल म्याग्दी र ५ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भरहेको छ भने ६ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । नवलपरासी९पूर्व०, हुप्सेकोट गाउँपालिका-३ गिरुबारी बजारस्थित सडकमा प्रदेश ०२-०३-००१ त ६५५ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने अर्जुन कुमालको छोरा १० वर्षीयि पिउस कुमालको बुधबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रूपन्देही, देवदह नगरपालिका-१० चरङगे जंगलमा लु।७१ प ५७१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको डिभाईडरमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा चालक पाल्पा घर भएको २५ वर्षीय बिबेक कोईरालाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरेहको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेक छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

