नाइजेरियामाथि पोर्चुगलको सहज जित
काठमाडौं । ब्रुनो फर्नाण्डेजको दुई गोल तथा डेब्यु गरेका गोन्कालो रामोस र जोआओ मारियोको गोलमा पोर्चुगलले नाइजेरियालाई ४–० ले पराजित गरेको छ। बिहिबार राति लिस्बोनमा भएको विश्वकप अघिको जितमा स्टार खेलाडी क्रिटियोनो रोनाल्डो भने टोली साथ रहेनन्।
यस खेलसँगै पोचुगल विश्वकपको लागि दोहा प्रस्थान गर्नेछ। बेन्फिकाका १९ वर्षिय रक्षक एन्टोनियो सिल्भाले प्लेइङ सेटमै डेब्यु गरेका थिए। खेलको नवौं मिनेटमै ब्रुनोले अग्रता लिएका थिए। ३५औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्न सफल भए।
प्रशिक्षक फर्नान्डो सान्तोषले दोस्रो हाफमा ६ खेलाडी परिवर्तन गरेका थिए। रामोसले ८२औं मिनेटमा तेस्रो गोल गरेका थिए। ४५ हजार दर्शकमाझ मारियोले ८४औं मिनेटमा चौथो गोल गरेका थिए। पोर्चुगल विश्वकपको समूह एच मा छ। जुन समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया छन्। २२ नोभेम्बरमा घानासँग खेल्दै पोर्चुगलले विश्वकप यात्रा सुरु गर्नेछ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
