ट्वीटरको कार्यालय अस्थायी रूपमा बन्द, कर्मचारीलाई कारण भनिएको छैन
जानकारी केन्द्र
२०७९, मंसिर, २
काठमाडौँ । ट्वीटरले आफ्ना सबै कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गर्ने भएको छ । कम्पानीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्वीटरले कर्मचारीलाई गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कार्यालय भवन नोभेम्बर २१ मा मात्रै खुल्ने उल्लेख कर्मचारीले पाएको सन्देशमा छ । तर कार्यालय बन्द गर्नुको कारण भने दिइएको छैन ।
ट्वीटरका नयाँ मालिक इलन मस्कले लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो संख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्वीटरले कार्यालय बन्द गरेको हो ।
हालै मस्कले कर्मचारीहरुलाई लामो समय खटेर काम गर्न नसक्ने भए छोड्न भनेको खबर प्रकाशित भएको थियो । मस्कले किनेदेखि ट्वीटर एक पछि अर्को विवादमा छ ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


