इबोला नियन्त्रणका लागि आपतकालीन कोष
काठमाडौँ । युगाण्डामा केही समययतादेखि फैलिएको इबोला महामारी नियन्त्रणका लागि आपतकालीन कोष आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले बिहीबार सो कुराको जानकारी गराएको हो । इबोलामा केही समययतादेखि इबोलाको प्रकोप फैलिएको र यसबाट यहाँका अरु छिमेकी देशहरुमा पनि असर पर्न सक्ने बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डाको इबोलाको नियन्त्रण गर्नुपर्ने र यो महामारी युगाण्डाका छिमेकी देशमा फैलिन नदिन पहिले नै सतर्कता अपनाउनुपर्ने अवस्था रहेकाले सो प्रयोजनका लागि तत्कालै युगाण्डाका लागि आर्थिक सहयोग आवश्यक रहेको जनाएको हो ।
विश्व स्वास्थ्य सङ्गठनको अफ्रिका क्षेत्रीय निर्देशक मातेसिदो मोइतोले युगाण्डा र अन्य देशहरुमा इबोला महामारीका विरुद्धमा अपनाउनुपर्ने सतर्कता एवं औषधि उपचारका लागि विश्व स्वस्थ्य सङ्गठनले ८ करोड ८० लाख अमेरिकी डलर बराबरको रकम आवश्यक रहेको भनी अपिल गरेको र अहिलेसम्ममा त्यसको २० प्रतिशत मात्र जम्मा भएको जानकारी दिएको हो ।
यसअघि पनि गत महिना नै विश्व स्वास्थ्य सङ्गठनले युगाण्डालगायत अफ्रिकाका देशहरुमा इबोलाको प्रकोप बढ्दो देखिएकाले यसको नियन्त्रणका लागि भन्दै रकम सहयोग गर्न अपिल गरेको थियो । तर अपेक्षा गरिएअनुसारको रकम उपलब्ध हुन नसकेको निर्देशका मोइतोले जानकारी दिएको हो । युगाण्डाले गत सेप्टेम्बर २० मा इबोलाको महामारी घोषणा गरेको थियो ।
त्यसपछि यहाँ सो महामारीको नियन्त्रणका लागि भन्दै विश्व स्वास्थ्य सङ्गठनले रकम आवश्यक रहेको घोषणा गरेको थियो ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
