• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ बैशाख २०८३, बुधबार
२३ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
  • १० घण्टा 

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • ११ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • ११ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १६ घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • १७ घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • १८ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १८ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • ३. नौ महिनामा १० अर्ब बढीको अलैँची निर्यात

  • ४. नबिल बैंकको ‘स्मार्ट नारी घर कर्जा’ योजना : महिलालाई घर स्वामित्वमा सशक्त बनाउँदै

  • ५. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ६. देशभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

  • ७. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. आज बुद्ध पुर्णिमा ,२५७० औं बुद्ध जयन्ती मनाइँदै : लुम्बिनीमा विशेष कार्यक्रम

  • ९. खारेज भयो कर्मचारी ट्रेड युनियन

  • १०. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

आम निर्वाचनको मतदान सकियो, आजै रातिदेखि मतगणना सुरु हुने

जानकारी केन्द्र २०७९, मंसिर, ४

काठमाडौँ । देशभर एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको बताउँदै मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ । आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातित मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।

आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल ९जिओक० ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरूको उपस्थिति कम पाएको बताए । उनले उपस्थित मतदाताहरुमा मतदान उत्साहजनक रहेको बताए । उनले भने, ‘निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढ्यो । ललितपुर उपमहानगरपालिका र गोदावरी नगरपालिकाका मतदान केन्द्रमा अनुगमन गर्यौं । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ । मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ ।’

त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेललगायतले पनि मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम पाएको प्रतिक्रिया दिए । निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन । निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ ।

यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ । केही महिनाअघि मात्रै स्थापना भएको र पहिलो पटक चुनावमा सहभागी भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो मत ल्याउने आँकलन गरिएको छ । देशभर सो पार्टीको पक्षमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो ।

रातोपाटीले देशभर गरेका रिपोर्टिङका क्रममा उल्लेख्य मतदाताहरूले आफूहरू विकल्पको पक्षमा रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा रहेको बताएका थिए । प्रत्यक्षमा सीमित सिटमा सो पार्टीको नतिजा आउने देखिएपनि प्रतिनिधिसभाको समानुपातिकतर्फ सो पार्टी चम्किने धेरैको आकलन छ । सो पार्टीले प्रदेशसभातर्फ भने उम्मेदवारी दिएको छैन ।

आजै रातिदेखि मतगणना सुरु हुने

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरू आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने बताएका छन् । उनले आज साँझ ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुने र ७ बजेसम्म मतपेटिका संकलन गरी एक घण्टा छलफलको समय राखेर आज नै राति ९ बजेदेखि मतगणना कार्य प्रारम्भ हुने बताए । हिमाली जिल्लामा मतपेटिकाहरु आज नै जम्मा गर्न नसकिने भएकाले भोलि बिहान ५ बजेसम्म सबै मतपेटिक जम्मा गर्ने र आवश्यक परे हेलिकप्टरबाट मतपेटिका संकलन गरी भोलि ५ बजेबाट नै मतगणना कार्य प्रारम्भ गर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मतगणना कार्य सुव्यवस्थित र चाँडो सम्पन्न गर्ने मत गणना अधिकृतहरूलाई आयोगले विशेष सुविधा प्रदान गर्ने बताए । उनले मतदान केन्द्र अहिले शुरुमा भएर त्यति व्यवस्थित हुन नसकेपनि बिस्तारै व्यवस्थित हुनेमा विश्वस्त रहेको बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा
पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

ताजा

ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

२०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.