को हुन् विश्वकपको उद्घाटन समारोहमा हलिउड अभिनेतासँगै देखिएका फरक क्षमताका गनीम ?
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ को उद्घाटन समारोहमा हलिउड अभिनेता मोर्गन फ्रिमेन फिफा २०२२ का ब्राण्ड एम्बेसडर गनीम अल मुफ्ताहसँग प्रश्न गर्छन्, “अब विश्व अझैं अनि टाढा र थप विभाजित महसुस हुन्छ, एक मात्र बाटो स्वीकार गरेर यति धेरै देश, भाषाहरु र संस्कृति एक साथ आउने तरिका के हुन सक्छ रु”
यस प्रश्नको जवाफमा गनीम अल मुफ्ताह आकशियग्रन्थ कुरआनको अध्याय सुरह हुजरातको श्लोक नम्बर १३ वाचन गर्छन्। उक्त श्लोकमा मोर्गनको प्रश्नको जवाफ छ। श्लोकमा भनिएको छ, “हे मानिसहरू १ हामीले तिमीहरू सबैलाई एउटै पुरुष र स्त्रीबाट सृष्टि गर्यौं र तिमीलाई जात समुदाय र कबिलाहरू ९गोत्रहरू० को रूप दियौं, ताकि तिमीहरुले एक अर्कालाई पहिचान गर्न सक। ९वास्तवमा० अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित उ हो जो तिमीहरूमध्ये ९अनुचित कर्मबाट० बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञाता छ ।”
उक्त श्लोक वाचन गरे पश्चात गनीम भन्छन् ‘हाम्रो विश्वास छ कि मानवजाति यस पृथ्वीमा राष्ट्र र समुदायमा बाँडिएको छ, यस कारण कि हामि एक अर्काबाट सिक्न सकौं र एक अर्काकोविचको भिन्नताको सुन्दरतालाई महसुस गर्न सकौं। ‘
उनी अगाडी भन्छन् ‘तपाइँको व्यवहार, तपाइको स्वभाव र तपाइका कर्तब्य तपाइँलाई भिडमा सबैभन्दा ठुलो, सबैभन्दा इज्जेतदार र सबै भन्दा विशेष बनाउँछ, नकि तपाईको धन र तपाइँको शक्ति। ‘ उद्घाटन सत्रमा कुरआनको उक्त श्लोकको वाचन पश्चात गनीम अहिले विश्वभर चर्चामा रहेका छन्। आखिर को हुन् त गनीम रु
गनीम अल मुफ्ताहलाई बाल्यकालमै यस्तो एउटा अकल्पनीय रोग लाग्यो जस्ले गर्दा उनको मेरुदण्डको बाँकी तल्लो भाग विकसित हुन सकेन।अन्ततःउनी सदाको लागि मेरुदण्डको बिरामी हुन पुगे। उनकी आमाले उनलाई कतारको स्कुलमा पठनपाठनको निम्ति भर्ना गर्न खोज्दा अधिकांस स्कुलले गनीमलाई ग्रहण गर्न अस्विकार गरे।केही प्रयास पछि अन्ततःउनले स्कुलमा भर्ना भै शिक्षा प्राप्तिको अवसर पाए।
उनको अशक्तताको कारण अन्य बालबालिका र विद्यार्थीहरु उनी संग खेल्न मान्दैनन् थिए। गनीम अल मुफ्ताह कतारका एक प्रख्यात मोटिवेश्नल ९ ःयतष्खबतष्यलब िक्उभबपभच० पनि हुन्।
कतारमा उनको घरिस्सा नामको आइसक्रिम कम्पनी पनि छ जहाँ उनले १०० जनाको संख्यामा रहेका आप्रवासी श्रमिकलाई रोजगारी दिएका छन्।उनको कम्पनीको हाल कतारमा ६ वटा अन्य शाखा पनि रहेको छ।
गनीम अल मुफ्ताहले आफ्नो परिवारको सहयोगमा एउटा परोपकारी संस्था स्थापना गरेका छन् जसको नाम”अल घानिम फाउन्डेसन” हो। यस संस्थाले विश्वका विभिन्न देशमा रहेका अशक्त ब्यक्तिहरुलाई मुख्यत ह्विल चियर वितरण गर्ने र सहयोग गर्ने गर्दछ। उनी विश्व विख्यात सामाजिक संस्था कतार फाउन्डेसन अन्तर्गतको च्इत्ब् रोटा रिच आउट टु एशिया र कतार फाइनासियल सेन्टर त्तँऋ नामक संस्थाका सद्भावना दूत पनि हुन् ।गनीम अल मुफ्ताहले सन् २०१७ मा ह्विल चियर को सहयोग बिना पवित्र तिर्थस्थल मक्का गइ उम्राह पनि सम्पन्न गरिसकेका छन्।
उनी बाल्यकाल तथा बिद्यार्थीकालमा हातमा पन्जा लगाएर फुटबल खेल्ने गर्दथे। हाल पनि उनी आफ्नो हातको सहाराले हिडडुल गर्ने गर्दछन्।उनी शारीरिक स्वस्थताको निम्ति दैनिक जिम पनि जान्छन्।फुटबल बाहेक उनी पौडी पनि खेल्दछन्।उनले आफ्नो अशक्तताका बाबजुद २०० मिटर गहिराईमा पौडी खेलेर आफ्नो कृतिमान कायम गरिसकेका छन्।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
