टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते
जानकारी केन्द्र
२०७९, मंसिर, ७
अंकारा । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर १३० माइल पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएकोे थियो । भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।
भूकम्पको गहिराइ २ देखि १० किलोमिटर रहेको अनुमान गरिएको छ। पहिलो भूकम्प गएको २० मिनेटपछि दोस्रो भूकम्प गएको थियो ।
भूकम्पले घर भत्किएपछि कतिपय मानिसहरू झ्यालबाट हाम फालेर सडकमा पुगेका थिए। टर्कीको प्रकोप एजेन्सीले ३२ जना डुज्सेमा, एक जना इस्तानबुलमा, एक जना ब्ल्याक सीको तटमा रहेको जोङ्गुलडाकमा र एक जना दक्षिणपूर्वमा बोलुमा घाइते भएको जनाएको छ ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
