काठमाडौँ । कतार विश्वकपमा बिहीबार चार खेल हुँदैछन्। फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ र ‘एच’का खेल हुनेछन्। पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीच अपरान्ह ३स्४५ मा प्रतिस्पर्धा हुनेछ। यस्तै, दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले एसियन प्रतिद्वन्द्वी दक्षिण कोरियाको सामना गर्दैछ। उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६स्४५ मा हुनेछ।
त्यस्तै, विश्वकपअन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९स्४५ मा सुरु हुनेछ। त्यस्तै, बिहीबार हुने चौथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्दा समूह ‘जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२स्४५ मा सुरु हुँदैछ।