• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
  • ७ घण्टा 

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
  • ८ घण्टा 

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६
  • ८ घण्टा 

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह
  • ११ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन
  • ११ घण्टा 

साहिद कपुरको ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड
  • १२ घण्टा 

अब ९६ बर्ष इतिहासमा मेस्सीले बनाउने किर्तिमान सक्दैन् कसैले तोडन
  • १३ घण्टा 

लिच्ची धेरै खाँदा बढनेछ मोटोपना, बिग्रन सक्छ पाचन प्रणाली
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

  • ४. सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु

  • ५. ६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

  • ६. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. अन्तर्राष्ट्रिय योग दिवसमा ‘मिराकल अफ माइन्ड’ एप नेपाली भाषामा सार्वजनिक हुँदै

  • ८. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ९. तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

  • १०. सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने

यसकारण थपिन्छ कतार विश्वकपमा धेरै इन्ज्युरी समय

जानकारी केन्द्र २०७९, मंसिर, ९

काठमाडौँ । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह सी को खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप इतिहासमै सबैभन्दा आश्चर्य पार्ने नतिजा निकाल्यो । अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै साउदीले सारा विश्वको ध्यान आफूतर्फ तानेको थियो । लुसेल रंगशालामा ८८ हजार दर्शकमाझ भएको खेलको अन्तिम समय भने निकै रोमान्चक थियो । निर्धारित ९० मिनेट समय सकिएपछि फोर्थ अफिसियलले ८ मिनेट समय थपिएको जानकारी दिन बोर्ड उठाए । रेफ्रीले ८ मिनेट समय थपिएको देखाउने बितिक्कै साउदीका समर्थकहरु सिठी बजाएर उक्त निर्णयप्रति असन्तुष्टि जनाउन थाले ।

इन्ज्युरी समय चलिरहँदा साउदीका खेलाडी घाइते भएपछि रेफ्रीले केहीबेर खेल रोक्नुपर्यो । यसबेला भने अर्जेन्टिनाका खेलाडी र समर्थकले रेफ्रीप्रति असन्तुष्टि जनाए । स्लोभेनियाका रेफ्री स्लाभ्को भिन्चिचले आफ्नो घडीतर्फ संकेत गर्दै समय खेर नहुने बताए । साउदीले इन्ज्युरी समयको नवौं मिनेटमा खेलाडी परिवर्तन पनि गर्यो ।

दोस्रो हाफमा ८ मिनेट समय थप गरिएकोमा रेफ्रीले उक्त समय काटेपछि पनि खेल चलाइरहे । साउदीका प्रशिक्षक हर्भ रेनार्ड लगायत बेन्चका खेलाडी टचलाइनमा उभिएर घडी हेर्न संकेत दिइरहेका थिए । सँगसँगै साउदी समर्थकपनि निरन्तर होहल्ला गर्दै समय सकिएको संकेत दिन खोजेका थिए । तर रेफ्री भिन्चिचले १३ मिनेट काटेपछि मात्र अन्तिम व्हिसल फुके ।

इंग्ल्यान्ड र इरानबीच भएको खेलमा रेफ्रीले पहिलो हाफमा १४ मिनेट र दोस्रो हाफमा १० मिनेट थप गरेका थिए । तर रेफ्रीले पहिलो हाफमा १४ मिनेट र दोस्रो हाफमा १३ मिनेट इन्ज्युरी समयको खेल खेलाए । इरानले दोस्रो हाफको इन्ज्युरी समयको १३ औं मिनेटमा गोल समेत फर्काएको थियो ।

यसपटक विश्वकपमा विगतका तुलनामा इन्ज्युरी समयमा धेरै समय थपिएको देखिन्छ । अधिकांश खेलमा त इन्ज्युरी समय थप गरिएको भन्दा बढी समय रेफ्रीले खेलाएका छन् । फिफाले यसपटक खेलमा बल रोकिएको हरेक समयको हिसाब गर्दै इन्ज्युरी समय थपेको छ । खेलमा ढिलासुस्तीका कारण खेर गएको समयलाई इन्ज्युरी समयमा थप्ने निर्णय फिफाले गरेसँगै यसपटक इन्ज्युरी समय धेरै हुन पुगेको हो । अग्रता लिएको टोलीले समय खेर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यो कदम चालिएको फिफाले जनाएको छ ।

विश्वकप सुरु हुनुअघि रेफ्री समितिका अध्यक्ष पिएरलुइजी कोलिनले यसबारे जानकारी पनि दिएका थिए । ‘विश्वकप पृथ्वीकै सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता हो । हामीले रेफ्रीलाई खेलमा कुनै घटना हुँदा खर्चेको समय राम्रो हिसाब गर्न भनेका छौं । गोल गरेपछि खुसियाली मनाउँदा, खेलाडी परिवर्तन गर्दा, खेलाडीलाई चोट लाग्दा, भीएआर हेर्दा लागेको समय हिसाब गर्नुपर्छ,’ उनले भने ।

‘हरेक गोलमा खुसियाली मनाउँदै गर्दा समय खर्च हुन्छ । अब एक हाफमा २-३ गोल हुन्छ भने ४-५ मिनेट थप्नैपर्छ । खेर गएको समयको पनि खेल होस् भन्ने हाम्रो लक्ष्य हो,’ कोलिनाले प्रष्ट पारेका थिए । उनले भनेजस्तै खेलाडीलाई चोट लाग्दा, गोलपछि र खेलाडी परिवर्तन गर्दाको समय रेफ्रीहरुले थप्दै आएका छन् । त्यसैले पनि यसपटक इन्ज्युरी समय धेरै हुँदा खेलमा रोमान्च थपिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने
भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी
६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

ताजा

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

६८ बर्ष पछि सबैभन्दा छिटो १०० गोल गर्ने बर्ष बन्यो विश्वकप २०२६

रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.