प्रहरीको भेषमा सुनको गहना बनाउने कारखानामा डकैत गर्ने पाँच पक्राउ
काठमाडौँ । प्रहरी हौं भनेर सुनका गरगहना बनाउने कारखानामा डाँका मारेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका(१८ नरदेवीस्थित पाँच तले घरको पहिलो तलामा डकैती भएको हो। दुई जना भारतीय नागरिकले सञ्चालन गरेको उक्त कारखानामा कात्तिक २९ गते डाँका मारेको थियो।
यस घटनामा संलग्न ५ जनालाई प्रहरीले गत ७ गते पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरूलाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरू तीन जना धादिङ र दुई जना धनकुटाका छन्।
२६ वर्षीय सुमन राई, २८ वर्षीय देविराज राई, ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीया मनिला तामाङ छन्। उनीहरूले प्रहरीको पोशाक लगाएर उक्त कारखानामा पुगेका थिए। आफूहरू हनुमानढोका प्रहरी कार्यालयबाट आएका हौं भनेर बिल नभएको बताउँदै विभिन्न गरगगहना लुटेर भागेको एसपी मैनालीले बताए।
डाँका मारी फरार भएको भन्ने खबर पाएपछि परिसर र प्रहरी वृत्त जनसेवाबाट टोली खटिएको थियो। उक्त टोलीले उनीहरूलाई एउटा पेस्तोल, म्याग्जिन, चार राउन्ड गोली, २६ ग्राम सुन, मोटरसाइकल दुई वटा, प्रहरी पोशाक र लागु औषध बरामद गरेको छ।प्रहरीले सुन भने बेगबहादुरको सुन पसलबाट बरामद गरेको हो।
उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद(२० को चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको जनाएको छ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

