मंसिर १० देखि १६ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता पारिवारिक सद्भाव बढ्नेछ । प्रेम जीवन सफल रहने र विपरित वर्ग प्रति आकर्षण बढ्नेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि पनि हुने देखिन्छ, तर स्वास्थ्यप्रति गम्भीर हुन बढी आवश्यक छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । घर परिवारमा झैझमेलाको अवस्था आउनेछ । कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सजग रहनु होला । साताको अन्त्यमा चिताएको कामले तीव्रता लिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता राजनैतिक र सामाजिक कामबाट सफलता पाइनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सात मन मिल्ने साथीको सहयोग र प्रेममा सफलता मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कृषि क्षेत्रमा महत्त्वपूर्ण कामको थालनी हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साता छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछैन । साताको मध्यबाट आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता नयाँ जिम्मेवारी र नयाँ कमको योजना बन्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । साताको अन्त्यमा शेयर बजार तथा अन्य व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । कृषि व्यवसायबाट राम्रो प्रतिफल पाउन सकिन्छ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सामाजिक कार्यबाट मान र प्रतिष्ठा मिल्नसक्छ, तर अनावश्यक हिँडडुल नगरेकै जाती हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । परदेशमा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति गम्भीर हुन आवश्यक छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्न सक्छ । शेयर बजारबाट पनि विफलता मिल्नसक्छ । मध्य सातामा शुभकार्यको चर्चा चल्नेछ र शुभ समाचार सुन्न पाइएला । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता राज्यबाट मान सम्मान पाइनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुन सक्छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । शेयर बजारबाट पनि राम्रै सफलता पाइनेछ, तर स्वास्थ्य भने त्यति राम्रो नहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ र शुभ कार्यको योजना बन्नेछ । धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । आफन्त र सहयोगी हातहरू अघि बढ्नेछन् । जग्गा जमिनको कारोबारबाट राम्रो प्रतिफल आउन सक्छ । ९अधिक जानकारीका लागि ढठठ(ढडद्धढछछढछण्द्द०
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

