हिउँचितुवाको तस्बिर फेक पुष्टि भएपछि कित्तियाले बन्द गरिन् सामाजिक सञ्जाल
काठमाडौँ । अमेरिकी फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले सगरमाथा र पुमोरी हिमालका आसपास पुगेर खिचेको भनिएको हिउँ चितुवाका केही अभूतपूर्व तस्बीरहरू सम्पादित वा फेक भएको कुरा बाहिरिएपछि कित्तिया सामाजिक सञ्जालबाट गायब भएकी छन् । इन्स्टाग्राम र फेसबुकमा उनका खाता बन्द भइसकेका छन् । उनको वेबसाइट भने उपलब्ध छ जहाँ उनले हिउँ चितुवाका तस्बीर खिच्दाको क्षण र यात्रा वर्णन गर्दै लेखेको ‘घोस्ट अफ द हिमालयज’ शीर्षकको अझै पनि छँदै छ ।
कित्तियाले खिचेको भनिएका तस्बीरहरू केही दिनअघि मात्रै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा भाइरल भएका थिए । सबैको वाहवाही पाएका ती तस्बीरहरू सम्पादित तस्बीरहरूको मोन्टाज भएको एक तथ्य जाँच संस्थाको विस्तृत रिपोर्टले सार्वजनिक गरेको छ । फ्रान्सेली अनलाइन म्यागजिन अल्पाइन म्यागले सार्वजनिक गरेको रिपोर्ट अनुसार तस्बीरहरू अविश्वसनीय रूपमा सम्पादित, हेरफेर गरिएको र नमिलेको पाइएको छ । तथ्य जाँचका क्रममा लेखकहरूले हिउँ चितुवा विज्ञसँग कुराकानी गर्दा हिउँ चितुवा हिमनदीमा त्यसरी नबस्ने पनि खुलाशा भएको छ । उनीहरूले प्रष्ट लेखेका छन्, कित्तियाले विश्वलाई आश्चर्यचकित पार्ने गरी सार्वजनिक गरेको उक्त तस्वीरहरूमध्ये कम्तीमा तीनवटा फेक वा सम्पादित फोटोमोन्टाज हुन् ।
तथ्य जाँच गर्नेहरूमध्ये एक, फोटोग्राफर भिन्सेन्ट मुनियरले तस्बीरहरू फोटोसपजस्ता सफ्टवेयरहरूको प्रयोग गरेर बनाइएको सिर्जनात्मक प्रस्तुति भएको बताएका छन् । ‘मलाई यस्तो किसिमको सिर्जनासँग कुनै आपत्ती छैन,’ उनले भनेका छन्, ‘तर सत्यतथ्य लेखिनुपर्यो । कित्तियाले ती सिर्जनाहरूलाई आफैंले खिचेको वास्तविक तस्बीर भन्दै दाबी गर्नु गलत हो ।’ कित्तियाले चाहिँ आफूले तस्बीर सम्पादन गर्ने गरेको भए पनि हिउँ चितुवाका तस्बीर भने सम्पादन नगरिएको भन्दै शनिबार बिहान फेसबुक र इन्स्टाग्रामका पूराना पोस्ट सम्पादन गरेकी थिइन् । त्यसको केही बेरपछि उनका सामाजिक सञ्जाल खाता ‘अनअभाइलेबल’ देखिएका छन् ।
तथ्य जाँचमा संलघ्नहरूले तस्बीरहरूको प्रकृती, संयोजन, प्रकाश, स्थान र मुख्यतस् तस्बीरको सत्यतामा नै गम्भिर समस्या रहेको औंल्याएका छन् । अमेरिकी फोटोग्राफर भनिएकी कित्तियाकै बारेमा फोटोग्राफी अथवा हिमाली र वन्यजन्तु फोटोग्राफी क्षेत्रका कसैले पनि अहिलेसम्म नसुनेको उल्लेख गरिएको छ । आफ्नो करियर नै वन्यजन्तुरहिमाली फोटोग्राफी र हिउँ चितुवाको खोजीमा बिताएका वरिष्ठ फोटोग्राफरहरूले यी तस्बीरहरू प्राविधिक र प्राकृतिक रूपमै असत्य रहेको आधारहरू पेश गरेका छन् ।
नेपालस्थित अमेरिकी दूतावास, टाइम्स अफ लण्डन लगायत विश्वका विभिन्न प्रख्या संस्थाहरूले समेत प्रशंसा गर्दै प्रकाशित गरेको उक्त्त तस्वीरहरू कहाँबाट आए र तिनलाई आफ्नो भनेर दाबी गर्ने कित्तिया खासमा को हुन् भन्ने विषयमै लेखमा प्रश्न उठाइएको छ । तस्बीरहरूले नेपालको र विशेषगरी हिमाली पदयात्रा क्षेत्रको प्रवर्द्धन गरेका छन् र यो क्षेत्रको सुन्दरतालाई फोटोमार्फत देखाउने प्रयास गरेका छन् । यो नेपालको लागि राम्रो कुरा हो तर यी प्रयासहरू इमानदार र पारदर्शी हुनुपर्ने जोड यो तथ्य जाँचमा दिइएको छ ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

