बाजुराका विद्यार्थी नेता अयडीको शव आज उठाइने
बाजुरा । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको शव सोमबार उठाइने भएको छ। अनेरास्ववियु केन्द्रीय सदस्य अयडीको शव आज नौ दिनपछि उठाइने भएको हो।
मसिंर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात नेपाली कांग्रेसका कार्यक्रताद्वारा हत्या गरिएका भनिएका अयडीको शव अहिले ९ बजे श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राखिने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताए। त्यसपछि उनको शव दाहसंस्कारका लागि लगिने बताइएको छ।
निर्वाचनका दिन घरभित्रबाटै अयडीलाई तानेर ल्याएर कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेका बताइएको छ। कुटपिटबाट घाइते भएका उनलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
बयलपाटा अस्पतालबाट ल्याएर पोष्टमार्टमका लागि चेतनको शव जिल्ला अस्पताल बाजुरामा राखिएको थियो। नेकपा एमाले बाजुराले चेतनका हत्यारा प्रक्राउ गरी दोषिमाथि कारबाहीको माग गर्दै मंसिर ५ गतेदेखि बाजुरामा आन्दोलन गरिरहेको छ।
त्रिवेणी नगरपालिका(७ स्थित नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा विवाद भई तनावपूर्ण स्थिति सिर्जना भएपछि सुरक्षाकर्मीले गोली समेत चलाएका थिए। सुरक्षाकर्मीले चलाएको गोली लागेर त्रिवेणी(७ का सञ्जिव अयडीको मृत्यु भएको थियो। उनको गत शुक्रबार दाहसंस्कार गरिएको छ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


