चीनमा लकडाउनको विरोधमा जनता सडकमा उत्रिए, प्रहरीद्धारा लाठीचार्ज
एजेन्सी । चीनमा शून्य कोभिड नीति ९लकडाउन०को विरोधमा जनता सडकमा आएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले ९ वटा प्रमुख सहरमा पुगेको छ ।
उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए ।
जनताले लकडाउन हटाएर स्वतन्त्रता दिनुपर्ने भन्दै नारा लगाइरहेका छन् । आन्दोलनकारीले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहेको बताइरहेका छन् ।
चीनमा कोरोना लगातार बढिरहेको छ । गत नोभेम्बर २७ मा ४० हजार कोरोना संक्रमित भेटिएका छन् । यो अहिलेसम्मकै ठूलो संख्या हो। अहिले चीनमा सक्रिय संक्रमितको संख्या ३ लाख नाघेको छ । जसका कारण सी जिनपिङ सरकारले धेरै प्रतिबन्ध लगाएको छ ।
कडा लकडाउनका कारण ६६ लाख मानिस घरमै थुनिएका छन् । यी मानिसहरू खाद्यान्नको लागि बाहिर निस्कन पनि सकिरहेका छैनन् । दैनिक कोभिड परीक्षणका कारण जनताहरुको आक्रोश पनि बढ्दै गएको छ । सरकारको आचारसंहिता पालना नगर्नेलाई कडा कारबाही भइरहेको जनाएको छ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
