Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

काठमाडौंका खोलालगायत अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, मंसिर, १४
काठमाडौंका खोलालगायत अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने

काठमाडौँ । काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ। ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाइदिने आज गोरखापत्रमा प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ।

काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो। प्राधिकरणले अनधिकृत संरचना ३५ दिनभित्र नहटाए हटाउँदा लागेको लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने चेतावनी दिएको छ।

Top Changing Nepal

युट्युब सट्स