जनमतबाट अस्वीकृत यी मन्त्री : जसले नैतिकता देखाएनन्
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा जनमतबाट अस्वीकृत मन्त्री ‘नैतिकताका आधारमा राजीनामा दिनु’को साटो अझै पदमा बसिरहेका छन् । सरकारको दिनगन्ती सुरू भइसकेका मन्त्रीहरू आफू अनुकूल काम गराउनकै लागि ‘पद छाड्न’ अस्वीकार गरिरहेको पाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं–८ बाट स्वतन्त्र उम्मेदवारसँग प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि सरकारमै छन् । नयाँ सरकार बन्नुअघि अहिले उनी आफू अनुकूल निर्णय गरेर ‘पैसा बाँड्ने योजनामा लागि परेको’ मन्त्रालय स्रोतको दाबी छ ।
स्रोतका अनुसार उनी सचिवस्तरीय निर्णय गरेर राजनीतिक दलका नाममा खोलिएका प्रतिष्ठान र संघ संस्थामा पैसा वितरण तयारी गरिरहेका छन् । मन्त्री श्रेष्ठले कर्मचारीलाई पैसा बाँड्ने मापदण्ड छिटो तयार पारेर प्रक्रिया थाल्न दबाब दिएको स्रोत बताउँछ ।
यसरी बनाइएको मापदण्ड अनुसार ५ लाखदेखि १ करोड २५ लाखसम्म उपलब्ध गराउन लागिएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

