जर्मनी कतार विश्वकपको समूह चरणबाटै बाहिरियो
काठमाडौं । कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै जर्मनी कतार विश्वकप फुटबलको समूह चरणबाटै बाहिरिएको छ। बिहीबार रातिको खेल जिते पनि जर्मनी समूह ईको अंक तालिकामा तेस्रो स्थानमा भएकाले समूह चरणबाटै बाहिरिएको हो। जर्मनीले ३ खेलमा ४ अंक मात्र जोड्न सकेको हो।
गएराति भएको रोचक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिएका थिए। पहिलो हाफमा १ शून्यले अगाडि रहेको जर्मनीले थप तीन गोल दोस्रो हाफमा गरेको हो। खेलको ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई १–१ को बराबरीमा फर्काएका थिए।
७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै कोस्टारिकालाई २–१ को अग्रता दिलाएका थिए। खेललको ७३ औं मिनेटमा काइ हार्भट्जले जर्मनीलाई २–२ को बराबरीमा फर्काए। खेलको ८५ औं मिनेटमा हार्भट्जले दोस्रो गोल गर्दै जर्मनीलाई ३–२ को अग्रता दिलाए। खेल एक मिनेट बाँकी हुँदा जर्मनीका लागि निकलस फुल्करुगले थप एक गोल गरे। यो समूहमा स्पेन ४ अंक जोडे पनि गोल अन्तरमा अघि रहदै उपविजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
