भन्सार प्रमुख झाले घुस लिएर छाडे तीन ट्रक र ९ सय ८० बोरा चिनी १
सर्लाही । सर्लाहीको विभिन्न स्थानबाट विभिन्न समयमा प्रहरीले बरामद् गरेको ठूलो मात्राको चिनीसहित ट्रक जिल्ला भन्सार कार्यालय सर्लाहीले घुस खाएर छाडेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले जिल्लाका विभिन्न स्थानबाट अवैद्य रुपमा ल्याँउदै गरेको अवस्थामा तीन वटा ट्रक र १ हजार ४ सय ६० बोरा चिनी बरामद् गरि जिल्ला भन्सार कार्यालय सर्लाहीलाई बुझाएको थियो ।
ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले हरिवन नगरपालिका–९ स्थित नयाँ रोडबाट भदौ अन्तिम साता दुई वटा ट्रक र ९ सय ८० बोरा भन्सार छलीको चिनी नियन्त्रणमा लिएको थियो ।
त्यसको करिब १५ दिनपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बसबरीया गाउँपालिका–३ बाट पनि ४ सय ८० बोरासहित एउटा ट्रक नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमा बुझाएको थियो ।
प्रहरीले बरामद् गरेको चिनी र ट्रक जिल्ला भन्सार कार्यालय बुझाएको भएतापनि जिल्ला भन्सार कार्यालय सर्लाहीका प्रमुख दिपेन्द्र कुमार झाले प्रति ट्रक रु ३ लाखका दरले घुस खाएर तीन वटै ट्रक र ९ सय ८० बोरा चिनी छाडेका छन् ।
ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरी टोलीले नियन्त्रणमा लिएको ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका २ वटा ट्रकको रु १ करोड ६० लाख र ९ सय ८० बोरा चिनीको अन्दाजी मूल्य रु ६८ लाख ६० हजार गरि रु २ करोड २८ लाख ६० हजार र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले नियन्त्रणमा लिएको मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकको रु ३० लाख र ४ सय ८० बोरा चिनीको रु रु १४ लाख ४० हजार अन्दाजी मुल्याङ्कन गरि तीनवटा ट्रकको रु १ करोड ९० लाख र १ हजार ४ सय ६० बोरा चिनीको रु ८३ लाख गरि कुल रु २ करोड ७३ लाख अन्दाजी मुल्यांकन गरि प्रहरीले भन्सार बुझाएको थियो ।
तर जिल्ला भन्सार कार्यालय सर्लाहीका प्रमुख झाले तीन वटै ट्रक र ९ सय ८० बोरा चिनी रु ९ लाख घुस खाएर छाडि दिएका छन् भने मधेश प्रदेश ०३–००१ ख ७५८८ नम्बरको ट्रकमा बरामद् भएको ४ सय ८० बोरा चिनी जिल्ला भन्सार कार्यालय मै राखेका छन् ।
बलरा नाकाबाट नेपाल भित्रिएका तीन वटै ट्रकका मालिकहरुसँग भन्सार कार्यालय प्रमुख झाले रातीको समयमा बाहिर बसेर घुस रकम डिल गरेका हुन् ।
१ हजार ४ सय ६० बोरा मध्ये ९ सय ८० बोरा चिनी र ना ७ ख ६१४५ र प्रदेश २–०३–००१ ख ६५८५ नम्बरका २ वटा ट्रक भन्सार लिलामी नगरि भन्सार प्रमुख झाले घुस खाएर छाडेका भन्सार कार्यालय सर्लाही स्रोतले बताएको छ ।
त्यस्तै ४ सय ८० बोरा चिनी कार्यालय मै किन बाँकी राखियो भन्ने विषय अनुसन्धानको विषय रहेको जिल्ला भन्सार कार्यालय सर्लाहीका एक कर्माचारीले बताए । तर यता कार्यालय प्रमुख झाले नेपाली नम्बर प्लेटका ट्रक भएकाले लिलामी गर्न नमिल्ने र चिनी पनि जसको थियो उसैले सकारेर लगेको बताए ।
भन्सार विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले मुद्धा प्रक्रियाका बारेमा आफूहरुले बुझेर के रहेछ रु भन्ने बारे बताउने बताए ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
