प्रदेश १ लोक सेवा माग्यो तीन सय बढी कर्मचारी
जानकारी केन्द्र
२०७९, मंसिर, १९
काठमाडौँ । प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।
प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने पनि आयोगले जानकारी दिएको छ। छनोट भएकालाई स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्। पाँचौं तहको सबइन्जिनियर पदमा २५ जना माग भएको छ।
सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत पदमा दरखास्त आह्वान भएको हो। कुल ३१६ जना कर्मचारी माग भएको छ। आयोगले आज गोरखापत्रमा सूचना निकालेर चैत २५ गतेदेखि परीक्षा हुनेसमेत उल्लेख गरेको छ। अनलाइनबाट पनि फारम भर्न सकिनेछ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
