डोटी । डोटीमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । मंगलबार साँझ साढे बेलुका जिल्लाको पूर्विचौकी गाउँपालिका वडा नम्बर ५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार घाइते हुनेमा ४५ वर्षीया सरुदेवी बटाला, उनका चार वर्षीय नाति शिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीय लाली गिरी र १० वर्षीया हसिना गिरी रहेका छन् ।
बालक शिद्ध बटाला घरको आगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको उनकी आमा शारदादेवी बटालाले जानकारी दिइन् । बच्चा चिच्याएपछि हल्लाखल्ला गरेर लखेटेको चितुवाले गोठालोबाट घर फर्किदै गरेका सरु, लाली, हसिना र पुस्पालाई पनि आक्रमण गरेको प्रहरीको प्रहरीले जनाएको छ ।
सुरुमा चितुवाले खुट्टामा टोकेको र पछि हसियाले हान्दा हातमा पनि टोकेको घाइते पुस्पा गिरीले बताइन् । घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको छ । घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
आक्रमण


