मन्त्री बनाउनभन्दा समानुपातिक सांसद छान्न सकस छः माओवादी नेता
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले समानुपातिक सांसद छान्न आफ्नो पार्टीलाई सकस परेको बताएका छन् ।
‘सांसद छान्न सबै पार्टीलाई सकस छ, हाम्रो पार्टीलाई अझ बढी सकस छ । १४ जनामा १२ जना महिलाका निम्ति त्यति गाह्रो छैन । दुई पुरुषमध्ये को सांसद बन्ने अहिले भन्न गाह्रो छ । समानुपातिक सूचीमा धेरै नेता छन् । पदाधिकारीमा हितराज पाण्डे नै हुनुहुन्छ । मन्त्री बनाउनभन्दा समानुपातिक सांसद छान्न गाह्रो भयो । पदाधिकारी बैठकमा सरसल्लाह गरेर निर्वाचन आयोगमा नाम पठाउँछौं,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै साहले भने ।
समानुपातिक निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने पनि उनले औंल्याए । साहले थपे, ‘समानुपातिकमा पार्टीमा योगदान गरेका सक्षम र योग्य व्यक्तिलाई ल्याउनुपर्ने हो, यहाँ त नातागोता, गर्लफ्रेन्ड, श्रीमान्–श्रीमती, भान्जाभान्जीका निम्ति दुरुपयोग भयो । आर्थिक लाभका लागि चलखेल भयो । समानुपातिकलाई अब राष्ट्रिय सभामा लानुपर्छ । यसलाई आम बहसको विषय बनाउनुपर्छ । यो निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।’
अबको सरकार गठबन्धनकै बन्ने पनि उनले ठोकुवा गरे । साहले भने, ‘अहिलेको गठबन्धनको १३६ सिट छ । तीन जना त राजनीतिक पार्टीकै स्वतन्त्र सांसद छन् । जनमत पार्टी र जसपासमेत जुटाउँदा १५०, १६० सिटको कम्फरटेबल मेजोरिटी पुग्छ ।’
शीर्ष नेताहरुले प्रधानमन्त्रीमा सहमति जुटाउनेमा विश्वस्त रहेको उनले बताए । उनले भने, ‘अब हुने आलोपालो प्रधानमन्त्री नै हो । पहिलो को बन्ने भन्ने नमिलेको हो । निर्णयमा पुग्ने गृहकार्य भइरहेको होला । जे हुन्छ, त्यसलाई स्वीकार्छ माओवादीले । केपी ओलीको जस्तो धोकाधडी नहोला
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

