७ महिना अघि विवाह गरेकी दिपा रुखमा झुण्डिएको अवस्थामा भेटिइन्
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं २ मा दिपा पराजुली घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेकी छिन् । ७ महिना अघि उनको विवाह सोही स्थानका आयुष भनिने सुन्दर थापासँग भएको थियो ।
माइती पक्षका अनुसार विवाह पछि उनलाई श्रीमानले निरन्तर मानसिक यातना दिँदै आएका थिए । दाइजो थोरै भएको भन्दै श्रीमान लगायत घरका मान्छेले उनलाई यातना दिने गरेका थिए । उनलाई आफ्नै बुबाआमा सँग पनि बोल्न बन्देज लगाईएको माइती पक्षको भनाई छ ।
माइती पक्षका अनुसार विवाह भएको ७ महिनामा उनी मुस्किलले १ दिन मात्रै बस्ने गरी माइती आएकी थिइन् । दिपाका श्रीमान् आयुष कुलतमा लागेको मृतकका बुबा रतन पराजुलीले बताए । आफ्नी छोरीलाई हत्या गरेर रुखमा झुण्ड्याइएको रतनको भनाई छ ।
पराजुलीका अनुसार रुखमा झुण्डिएको पाइए पनि छोरीको हातमा रुख चढेको कुनै दाग छैन र चप्पल लगाएको स्थितिमा मृत भेटिएकी थिइन् । मृत दिपा पराजुलीको शव हाल महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोर्टमार्टमका क्रममा राखिएको छ ।
मृतकका आफन्तले घटनाको सत्यतथ्य छानबिन नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । यसैबीच, आफन्तले बुधबार अपराह्न ५ बजे त्रिभुवन राजमार्ग अबरुद्ध पारेका छन् । चन्द्रागिरी नगरपालिकाको गुर्जुधारमा प्रदर्शन गर्दै उनीहरुले दोषीमाथि हदैसम्मको कारबाहीको माग गरेका छन् ।
सम्बन्धित समाचार
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
एनसेल–सामसङ सहकार्य, अब घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट पाइने
एनएमबि बैंक र र्यापिड टेक बीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
